Shikhar Insurance
National Life

नेप्से परिसूचकको ओरालो यात्रा जारी

सिंहदरबार संवाददाता
२०८० भाद्र १०, आईतवार १५:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि २०.५४ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार परिसूचक २०.५४ अंकले ओरालो लागेर १,९९३.३८ कायम भएको छ ।

आजको कारोबारमा ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४४ अंकले ओरालो लागेर ३८२.११ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको सेयर मूल्यमा उकालो लागेको छ भने १२ उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेप्सेका अनुसार विभिन्न कम्पनीका कूल ३८ लाख ९५ हजार दुई सय ३६ कित्ता सेयर एक अर्ब २६ करोड २७ लाख ६७ हजार आठ सय ७६ मूल्यमा कारोबार भएको छ ।

नेप्सेका अनुसार कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । साथै स्वाभिमान लघुवित्त छ, सिटिजन म्युचुअल फण्ड पाँच दशमलव ८८, पिपुल्स पावर पाँच दशमलव १८ र अप्पर सोलु हाइड्रो इलेक्ट्रिकको शेयर मूल्य चार दशमलव ८९ प्रतिशतले बढेको छ ।

यस्तै, कमर जीतमाया सुरी हाइड्रोपावर नौ दशमलव ६३, लिवर्टी इनर्जी छ दशमलव ३०, अप्पर स्याङ्गे हाइड्रोपावर पाँच दशमलव ७९, माहुली लघुवित्त पाँच दशमलव ६८ र खानीखोला हाइड्रोपावरको सेयर मूल्य पाँच दशमलव ५१ प्रतिशतले बढेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्