Shikhar Insurance
National Life

सरकारी टोली पूजा सामग्री लिएर बडीमालिकामा प्रस्थान

सिंहदरबार संवाददाता
२०८० भाद्र १०, आईतवार १४:१६
Hyundai
NCELL
NIMB

बाजुरा  । जिल्लाको धार्मिक तथा पर्यटीय क्षेत्रका रूपमा रहेको बडीमालिकाको पूजाका लागि सरकारी टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

हरेक वर्ष साउन शुक्ल चतुदर्शीका दिन लाग्ने बडीमालिकाको मेलाका लागि चार दिनअघि नै तीर्थयात्री त्यसतर्फ लागेका हुन् । बडीमालिकामा रहेको २२ पाटन र खेतीबेतीलगायत रमणीय ठाउँको अवलोकनसँगै मनोकाङ्क्षासमेत पूरा हुने अपेक्षामा यात्रुहरू  बडीमालिका जाने गर्दछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

खप्तडमा लाग्ने गङ्गादशहरा मेलाका समयमा स्थानीय निकायका उच्चपदस्थ व्यक्तिले यहाँ दर्शन तथा पूजाआरधाना गर्दै आएका छन् । बडीमालिकाको दर्शनले धन लाभ हुने, निःसन्तानलाई सन्तान प्राप्त हुने धार्मिक विश्वास रही आएको बडीमालिकाका पुजारी भानुभक्त पाध्यायले बताए।

उनका अनुसार बडीमालिका बरदायी शक्तिस्वरुपा माता भएकाले देश तथा विदेशबाट  पनि एकपटकका लागि मात्र भएपनि यहाँ आउने गरेका छन् । बडीमालिकामा  बाजुरा, डोटी, जुम्ला र कालीकोटबाट सरकारी पूजा लैजाने गरिन्छ ।

सरकारी पूजाका लागि बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का नेतृत्वको टोली आइतबार बडीमालिकामा प्रस्थान गरेको हो । टोलीमा सुरक्षा निकायका प्रमुख, बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्का र अन्य जनप्रतिनिधिसमेत सहभागी छन् । हरेक वर्ष जिल्लाका चार शक्तिपीठमा पूजा आरधाना गर्ने प्रचलन छ ।

जिल्लाका बडीमालिका, बूढीनन्दा, बडालेख, दुनलेख, सुनन्दालगायत शक्तिपीठमा एकैदिन पूजा लाग्ने गरेको जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाले बताए।

उनका अनुसार  धार्मिक तथा पर्यटीय क्षेत्रको प्रवद्र्धन र आन्तरिक पर्यटक बढाउनका लागि आवश्यक पहल गर्न जरुरी रहेको छ । बडीमालिका र बूढीनन्दालाई राज्यले पर्यटकीय क्षेत्रका रुपमा घोषणा गरेर उक्त क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने योजना अघि सार्नुपर्छ ।

बडीमालिका र बूढीनन्दाको तीर्थयात्रा सुरु 

बडीमालिकाको तीर्थयात्रा आजदेखि सुरु भएको छ । शक्तिपीठका रुपमा रहेको बडीमालिकामा बाजुरासहित विभिन्न जिल्लाका तीर्थयात्री यात्रामा यात्रामा सहभागी छन् । पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुदर्शीका दिन बडीमालिकासहित अन्य शक्ति पीठमा एकैसाथ पूजा लाग्ने गर्छ ।

बडीमालिकाको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने र भएकाले अधिकांश श्रद्धालु भक्तजन बडीमालिकाको दर्शन गर्न आउने गरेको त्यहाँका पुजारी नेत्रप्रसाद पाध्यायले बताए।

निःसन्तानलाई सन्तान दिने र मागेको बार पूरा हुने भएकाले श्रद्धालु भक्तजनको बडीमालिकामा घुइँचो लाग्ने गरेको उनको भनाइ थियो। बडीमालिकाको पूजाका लागि  डोटीबाट डोल र जुम्लाको चन्दनाथबाट पनि सरकारी पूजा बाजुरामा आइपुगेको छ । बाजुरा, डोटी, जुम्ला र कालीकोटबाट ल्याइएको सरकारी पूजा सकेपछि अन्यभक्तजनले दर्शन गर्ने प्रचलन रहिआएको छ ।

बूढीनन्दामा पनि यात्रा सुरु 

जिल्लाकोे पूर्वी उत्तरी भेगमा रहेको बूढीनन्दामा आउने भक्तजनको  तीर्थ यात्रा पनि सुरु भएको छ । बडीमालिकासँगै बूढीनन्दाको पनि एकैसाथ यात्रा सुरु हुने गरेको छ । धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा रहेको बूढीनन्दामा विभिन्न ताल, झरना र रमणीय फाँटहरु छन् ।

बडीमालिका र बूढीनन्दा बहिनी भएकाले उनीहरु दुबैको  चतुर्दशीकै दिन पूजा हुने गरेको हो । यस वर्ष पहिलो पटक बूढीनन्दामा पनि सरकारी पूजा हुने भएको छ ।

चार शक्ति पिठमा एकैसाथ पूजा

जिल्लाका धार्मिक तथा पर्यटीकय क्षेत्र रहेका बडीमालिका, बूढीनन्दा, सुनन्दा, बडालेख, जाल्पादेवीलगायत चार शक्ति पीठमा जनैपूर्णिमाको अघिल्लो दिन एकैसाथ पूजा लाग्ने गरेको छ । धार्मिक तथा पर्यटीय क्षेत्रका रुपमा रहेका ती चार शक्तिपिठमा आआफ्नै ठाउँमा पूजा आराधना गरेर मेला भर्ने गरिन्छ ।

बडीमालिका, बूढीनन्दा, सुनन्दा र जाल्पादेवी चार बहिनी भएकाले उनीहरुको एकैसाथ पूजा हुने गरेको हो । बूढीनन्दा जाने भक्तजनले बडीमालिकालगायत अन्य तीर्थयात्रा गर्न नपाइने धार्मिक मान्यता रहिआएको छ । बडीमालिका जाने तीर्थयात्रीले बूढीनन्दा गएमा घरमा घटना हुने वा अन्य कुनै क्षति हुने जनविश्वास रहिआएकाले आआफ्नै ठाउँमा पूजा मेला गर्ने गरिएको बताइन्छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्