Shikhar Insurance
National Life

पर्यटनबोर्ड/ एसटीएलआरपीले पायो ‘पाटा गोल्ड अवार्ड २०२३’

सिंहदरबार संवाददाता
२०८० भाद्र ८, शुक्रबार १५:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) गोल्ड अबार्ड २०२३ प्राप्त गरेको छ ।

पर्यटनका माध्यमबाट महिला सशक्तीकरणमा गरेको पहलकदमी दिगोपन तथा सामाजिक उत्तरदायित्वका लागि प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) ले नेपाल पर्यटन बोर्ड /एसटीएलआरपीलाई पाटा गोल्ड अबार्ड २०२३ प्रदान गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पाटा हेडक्वाटरले हिजो विज्ञप्ति जारी गदै यो अबार्ड प्रदान गरेको जानकारी दिएको छ । यो परियोजनाले यसअघि २०२२ मा पनि टुरिजम डेस्टिनेसन रेसिलेन्सि विधाअन्तर्गत पाटा गोल्ड अर्वाड प्राप्त गरेको थियो । यस्तै २०२३ मा पनि पाटाबाट स्पेशल पाटा अवार्ड समेत प्राप्त गरेको थियो ।

सन् १९९५ बाट सुरु भएको यो अबार्ड यसपालि विभिन्न २३ वटा संघ–संस्थाहरुलाई विभिन्न विधामा प्रदान गरिएको छ । यो पुरस्कार अक्टुवर ५ मा नयाँदिल्लीमा आयोजना हुने पाटा टार्वल मार्ट २०२३ को अवसरमा प्रदान गरिने नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणीराज लामिछानेले जानकारी दिए ।

पाटा अबार्ड प्राप्त गर्नुले परियोजनाले गरिरेहेका कामको मूल्याङ्कन भएको र बोर्डलाई थपकार्य गर्ने प्रोत्साहन मिलेको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सीईओ) तथा परियोजनाका राष्ट्रिय निर्देशक डा.धनञ्जय रेग्मीले बताए । ‘हामीले कोभिडको असरसँगै पर्यटकहरुको उद्धारदेखि जनशक्ति विकास तथा केही पूर्वाधार विकासमा कार्यहरु निरन्तर गर्दै आइरहेका छौं ।

यसले थोरै भए पनि जनशक्ति उत्पादन तथा रोजगारी सिर्जनामा सहयोग गरेको छ । यस्तै पर्यटकको खोज तथा उद्दारमा खोजमा गरेको योगदानको कदर स्वरुप पनि बोर्डले विभिन्न राजदूतावास तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट सम्मानप्राप्त गरेको थियो ।

बोर्डले यूएनडीपीसँगको सहकार्यमा सुरु गरेको परियोजनाले लगातार दुई वर्ष यस प्रकारको अबार्ड प्राप्त गर्दा यूएनडीपी खुसी रहेको प्रतिक्रिया दिँदै यूएनडीपीका पोर्टफोलियो म्यानेजर कल्पना सरकारले यस प्रकारका तालिमले पर्यटनमा भएको महिला सहभागिताको ग्याप कम गर्नुका साथै अल्पसंख्यक अप्लसंख्यकहरुलाई समेत कामको अवसर प्रदान गरेको बताए । उनले पर्यटनमा भएको महिला जनशक्तिअभाव तथा समावेशिताको पक्षलाई समेत ध्यानमा राख्दै युएनडीपीले आउँदा दिनमा समेत सहकार्य गर्ने बताए ।

बोर्ड तथा एसटीएलआरपीले कोभिड–१९ पछि महिला तथा अन्य पर्यटन मजदुरको क्षमता अभिवृद्धिसहित पर्यटकीय गन्तव्य निर्माणमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । यसअन्तर्गत महिलाहरुका लागि रिभर गाइड, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुका लागि टे्किङ गाइडलगायतका विभिन्न तालिम तथा पर्यटनँंग सम्बन्धित विभिन्न विधाका गाइड म्यानुयलहरु तयार गर्दै आइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्