काठमाडौं । अग्रवाल सेवा केन्द्रको १७औं वार्षिक साधारण सभाले गिरीधारी अग्रवालको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा सुनीलकुमार धानुका, सुबोधकुमार गाडिया र रमेशकुमार अग्रवाल चयन भएका हुन् । यस्तै मानार्थ उपाध्यक्षमा सुमित कुमार अग्रवाल र राम अवतार टाईवाला निर्वाचित भएका हुन् ।
१२ सदस्यीय पदाधिकारीको महासचिवमा पंकज जलान, कोशाध्यक्ष अरुण डोकानीयाँ र सचिवमा भरतकुमार सुद्रानिया एवं श्यामसुन्दर सुल्तानिया चयन भएका छन् । यस्तै सहकोषाध्यक्ष ऋषिकुमार अग्रवाल चयन भएका छन् ।
अग्रवाल सेवा समाजले सामाजिक र धार्मिक क्षेत्रमा विभिन्न कामहरू गर्दै आएको छ । खास गरी प्राकृतिक विपतमा नागरिकको सेवामा लामो समयदेखि काम गर्दै आएको नवनिर्वाचित महासचिव पंकज जलानले बताए। समाजले भूकम्प प्रभावित जिल्लामा भवन निर्माणमा उल्लेख्य योगदान गरेका थिए।
निर्वतनमा अध्यक्ष राजेन्द्र खेतानले सामाजिक क्षेत्रमा अग्रणी भूमिकामा रहेर काम गर्नका लागि नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिए।
प्रतिक्रिया दिनुहोस्