काठमाडौं । फोन पेले ‘फोन पे डिरेक्टः पैसा पठाऔं ठाउँको ठाउँ’ नामक अभियानको घोषणा गरेको छ । यसको उद्देश्य एक बैंकबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्नका लागि मोबाइल नम्बर र बैंकको नाम मात्रै भए पुग्ने विषयमा ग्राहकहरूलाई सचेत गराउनु रहेको कम्पनीले जनाएको छ ।
‘मोबाइल नम्बर भए पुग्छ’ भन्ने ट्यागलाइनमा आधारित यस अभियानले आफ्नो मोबाइलबाट पैसाको आदान प्रदान गर्दा उक्त कारोबार छिट्टो र सुरक्षित रहने कुरामा विशेष प्राथमिकता दिएको कम्पनीको भनाइ छ । यस अभियानको मुख्य उद्देश्य ग्राहकहरूलाई कसरी फोन पे डिरेक्टमार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिन्छ भन्नेबारे शिक्षित गर्नु हो ।
यसमा मोबाइल नम्बर, खाता नम्बर र व्यक्तिगत क्यूआरजस्ता तरिकाहरू रहेका छन् । भदाै महिना भरि चलिरहने यस अभियानमा सहभागिता जनाउन ग्राहकहरू ले फोन पे को फोन पे डिरेक्ट सुविधा प्रयोग गर्नुपर्ने शर्त लागु गरिएको छ । यस अभियानमा दुई भाग्यशाली विजेताहरूलाई आइफोन १४ प्रोको मेगा उपहारबाट पुरस्कृत गरिने छ। अन्य भाग्यशाली विजेताहरूलाई साप्ताहिक रूपमा अन्य उपहारद्वारा गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्