Shikhar Insurance
National Life

घनश्याम भुषाल र सुरेन्द्र पाण्डे पनि एमालेबाट ६ महिनाका लागि निलम्बित

सिंहदरबार संवाददाता
२०७७ चैत्र १९, बिहीबार १४:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै नेकपा एमाले ओली समुहले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पनि ६ महिना निलम्बन गरेका हुन् । पार्टी हित विपरितको गतिविधि गरेको भन्दै यसअघि स्पष्टीकरण सोधिएका पाण्डे र भुसाललाई बिहीबार ६ महिना पार्टी सदस्यबाट निलम्बनको घोषणा गरेको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

गत चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेताहरु नेपाल, रावल, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उक्त निर्णयको आधारमा महासचिव ईश्वर पोखरेलले नेताहरुलाई स्पष्टीकरण पत्र पठाएका थिए । नेता भुसाल र पाण्डेले चैत १७ गते स्पष्टीकरण पठाएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहीबार निलम्बन गरिएको भनी भुसाललाई पठाएको पत्रमा ओलीले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला गर्ने र त्यसलाई निरन्तरता दिने स्वीकारोक्तिसहित अहंकार र आत्मकेन्द्रित कुराहरु स्पष्टीकरणमा लेखेको पाइएको बताएका छन् ।

स्पष्टीकरणमा सोधिएअनुसार आफ्नो भूलत्रुटी स्वीकार नगरेको, कुनै आत्मसमीक्षा नगरेको आत्मआलोचना गर्ने प्रवृत्ति नदेखिएको, अहंकार र स्वार्थी प्रवृत्ति प्रष्ट रुपमा देखिएको पनि ओलीले उल्लेख गरेका छन् ।

एमाले ओली समुहले यस अघिनै नेता माधव कुमार नेपाल र नेता भीम रावललाई पनि जवाफ चित्तबुझ्दो नभएको भन्दै कारवाही स्वरुप ६ महिना निलम्बनको घोषणा गरिसकेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्