जाजरकोट । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली प्रदेशमा ६ महिनाभित्र १३२ केभी प्रशारण लाइन जोडिने बताएका छन् ।
कर्णाली प्रदेशको सुर्खेतमा नेकपा (माओवादी केन्द्र) ले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले कर्णालीमा विद्युतीकरणका लागि १४ अर्बको ठेक्का लागेको बताए । विद्युत् नपुगेका ठाउँमा सौर्य मिनिग्रेटमार्फत उज्यालो पुर्याउने काममा मन्त्रालय जुटेको उनले जानकारी दिए।
मन्त्री बस्नेतका अनुसार दुई वर्षभित्र कर्णालीका सिँचाइ योग्य जमिनमा सिँचाइ सुविधा पुग्नेछ । उनले दुई वर्षभित्र कर्णालीभरी विद्युतीकरणको काम पूरा गर्ने दाबी गरे । मन्त्री बस्नेतले पार्टीलाई श्रम र उत्पादनमा जोड्नका लागि सबै एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्