काठमाडाैं । नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) को सञ्चालकमा प्रवीण सुवेदी नियुक्त भएका छन् । बैंकको भदौ ३ गते आइतबार बसेको सञ्चालक समितिको १३२ औं बैठकले सुवेदीलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।
कम्पनी सचिव इश्वर बन्धु गौतमकाअनुसार सुवेदी सर्वसाधारण समूहतर्फको प्रतिनिधित्व गर्दै सञ्चालकमा नियुक्त भएका हुन् । बैंकमा अनुज अग्रवाल अध्यक्ष छन् । उनी विशाल ग्रुप लिमिटेडको संस्थापक समूहबाट प्रतिनिधित्व गर्छन् ।
यस्तै नेपाल सरकारको तर्फबाट श्रीकृष्ण नेपाल, ग्लोबल आइएमई बैंकको तर्फबाट रत्नराज बज्राचार्य, इमर्जिङ्ग नेपालको तर्फबाट लालमणि जोशी सदस्य छन् । बैंकमा शंकरप्रसाद अधिकारी स्वतन्त्र सल्लाहकार र लिमा अधिकारी आचार्य सर्वसाधारण सेयरधनीबाट सञ्चालक समिति सदस्य छिन् ।
प्रतिक्रिया दिनुहोस्