Shikhar Insurance
National Life

साेमबार राष्ट्र बैंकले ६ अर्ब २३ करोडको ट्रेजरी बिल जारी गर्दै

सिंहदरबार संवाददाता
२०८० भाद्र ४, सोमबार १२:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । आज सोमबार नेपाल राष्ट्र बैंकले  ६ अर्ब २३ करोड २३ लाख रूपैयाँको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । भाेलि मंगलबार केन्द्रीय बैंकले नवीकरण गर्ने ९१ दिने र ३६४ दिने गरी दुई किसिमको ट्रेजरी बिलको कुल ६ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिलको आज साेमबार बोलकबाेल गर्ने भएको हो ।

पुरानो ट्रेजरी खरिदकर्ता बैंक तथा वित्तीय संस्थाले पुनः ट्रेजरी नवीकरणका लागि दरखास्त दिन सक्नेछन् । केन्द्रीय बैंकका अनुसार मंगलबार नवीकरण हुने ट्रेजरीको सोमबार दिउँसो ३ बजे बोलकबोल हुने छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले तोकिएको समयभित्र आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसअघि साउन २९ गते निष्कासन भएको ट्रेजरी बिल्सको औसत डिस्काउन्टदर ६.४४४२ तथा १८२ दिन अवधिको ट्रेजरी बिल्स ६.४८७६ कायम भएको थियो । २८ दिन अवधिको ट्रेजरी भने सरकारले नै खरिद गरेको थियो ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्