Shikhar Insurance
National Life

२१.९९ अंकले घट्यो नेप्से परिसूचक 

सिंहदरबार संवाददाता
२०८० भाद्र ३, आईतवार १५:३४
Hyundai
NCELL
NIMB

काठमाडौं ।साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २१.९९ अंकको गिरावट देखिएको छ । आइतबारको कारोबारपछि नेप्से परिसूचक २०११.१४ बिन्दुमा कायम भएको हो ।

विभिन्न कम्पनीका २६९ कम्पनीको ४४ लाख ५९ हजार चार सय ५९ कित्ता सेयर ४३ हजार ३ सय ४६ पटक खरिदबिक्री हुँदा  एक अर्ब ४४ करोड ७४ लाख आठ हजार सय ४२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसदिन सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक एक सय ७२.७३ र जीवन बीमा समूहको उपसूचक एक सय ३४.९० अंकले घटेको छ । बैंकिङ समूह ३.६०, विकास बैंक ३५.६०, वित्त ११.०६, होटल तथा पर्यटन एक सय ६.२६ र जलविद्युत् ५०.११ अङ्कले घटेको छ ।

त्यसैगरी लगानी समूह शून्य दशमलव ६९, उत्पादन तथा प्रशोधन ८८.५४, लघुवित्त ३२.२३, म्युचुअल फन्ड शून्य दशमलव ०४, व्यापार ३६.६० र अन्य समूह २३.५७ अङ्कले घटेको छ ।

यसदिनको कारोबारमा २९ कम्पनीको सेयर मूल्य बढ्दा एक सय ९० कम्पनीको सेयर मूल्य घटेको छ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ४.५७ अङ्कले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा एग्रिकल्चरल बैंक डिभेन्चर २०८३ को सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६ करोड ६३ लाख एक हजार ७० बराबरको सेयर किनबेच भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको एक लाख ४९ हजार दुइ सय ४० कित्ता सेयर खरिदबिक्री भएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्