Shikhar Insurance
National Life

रिद्धिसिद्धि सिमेन्टको छात्रवृत्ति कार्यक्रमबाट ११ विद्यार्थी लाभान्वित

सिंहदरबार संवाददाता
२०८० भाद्र ३, आईतवार १३:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । रिद्धिसिद्धि सिमेन्टले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी आयोजना गरेको “मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०” को छात्रवृत्ति कार्यक्रम सम्पन्न भएको छ । जसबाट ११ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

रोबोटिक ल्याबमा बनेको स्मार्ट सिमेन्ट रिद्धिसिद्धि सिमेन्टले आयोजना गरेको छात्रवृत्ति कार्यक्रममा १ सय ९ विद्यार्थीहरू सहभागी भएका थिए । एसईई परीक्षामा उपलब्ध अंक, दौड प्रतियोगिता साथै आईक्यू परीक्षामा सोधिएका सम्पूर्ण अङ्कहरू जोडी छात्रवृत्तिका लागि उत्कृष्ट ११ स्मार्ट विद्यार्थी छनोट गरिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

छात्रवृत्ति कार्यक्रमअन्तर्गत कम्पनीले प्रथम हुने विद्यार्थीलाई मासिक रूपमा ५ हजार रूपैयाँ, दोस्रो हुनेलाई ३५ सय रूपैयाँ, तेस्रो हुनेलाई २५ सय रूपैयाँ साथै सान्त्वना स्वरूप थप ८ विद्यार्थीलाई मासिक रूपमा १५ सय रूपैयाँ एक वर्षसम्म उपलब्ध गराउने निर्णय अनुरूप मकवानपुरका ११ जना विद्यार्थी छात्रवृत्तिमा छनोट भएको कम्पनीले जनाएको छ ।

छात्रवृत्तिको प्रथम पुरस्कार पाउनेमा ईशान्त कुमार मिश्र, दोस्रोमा अंशु कुमारी र तेस्रोमा रिजन कठायत रहेका छन् भने सान्त्वना पुरस्कार पाउने विद्यार्थीहरुमा शिवम् पटेल, भूषण दाहाल, भोल कुमार साह कलवार, सुयोग अर्याल, दिपेश चौलागाईं, मनिषा कुमारी खड्का, जिज्ञासा पौडेल र विजय मोक्तान छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्