Shikhar Insurance
National Life

राष्ट्र बैंकले ४/१२ लगाएर बस्ने होइन, धितोपत्र बोर्डलाई छाडिदिनुपर्छः डा. खतिवडा

सिंहदरबार संवाददाता
२०८० भाद्र ३, आईतवार ११:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर धितो कर्जाको ४/१२ सम्बन्धी सिमा नेपाल राष्ट्र बैंकले हेर्न नहुने बताएका छन् । राजधानीमा आयोजीत एक कार्यक्रमलाई सम्बोधन गर्दै केहि दिन अघि डा. खतिवडाले सेयर धितो कर्जाको ४/१२ सम्बन्धी सिमा लगायतका बिषय नेपाल राष्ट्र बैंकले नभएर नेपाल धितोपत्र बोर्डले हेर्नुपर्ने बताएका हुन् ।

‘राष्ट्र बैंकले ४/१२ का कुराहरु, मार्जिनका कुरा, ५० लाखका कुरा हेरेर बस्ने होइन, राष्ट्र बैंकको कन्सर्न भनेको सेयर बजारमा बैंकहरुको एक्सपोजरको निश्चित प्रतिशत भन्दा माथि जानु हुँदैन भन्ने हो । जस्तै मेरो पालामा २ प्रतिशत थियो । बाँकी कुरा धितोपत्र बोर्डले व्यवस्थापन गर्ने हो । त्यहाँ राष्ट्र बैंकको कुनै भूमिका हुनु जरुरी छैन् । ४ करोड लगानी गरोस् की १२ करोड गरोस, त्यो धितोपत्र बोर्डको टाउको दुखाईको बिषय हुन्छ, राष्ट्र बैंकको हुँदैन् । राष्ट्र बैंकले हेर्ने भनेको बैंकको एक सय रुपैयाँको पोर्टफोलियोमा २/३ रुपैयाँ धितोपत्रमा लगानी गर, बाँकी उद्योग व्यवसायमा गर भन्ने मात्रै हो’, डा. खतिवडाले भनेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले नेपाल राष्ट्र बैंकको नियामकिय भूमिका माथि पनि असन्तुष्ठि व्यक्त गरे । ‘अब राष्ट्र बैक पनि रियाक्टिभ हैन्, प्रो–एक्टिभ हुनु पर्छ । बढी प्रिमियम लिएकालाई फिर्ता गराएर बस्ने हैन, त्यो लिन नपाउने स्थिति सिर्जना गर्नुपर्यो । नचाहिने ठाउँमा कर्जा जाने अवस्थालाई रोक्नु पर्यो । कुरा बिग्रिएपछि कसेर हुँदैन । अगाडि नै प्रो–एक्टिभ हुनपर्यो । बिग्रेपछि सुधारको कदम चालेर भएन, त्यसले उल्टै ‘ड्यामेज’ गर्छ ।’, नेपाल राष्ट्र बैंकको भूमिका प्रति असन्तुष्ठि व्यक्त गर्दै डा. खतिवडाले भने ।

उनले अहिले ब्याजदरमा पनि विभेदकारी नीति कायम रहेको आरोप पनि लगाए । ‘ब्याजदरको विषयमा विभेदकारी नीति भयो भने चित्त दुखाई हुन्छ । कतिपयले बेसरेटभन्दा तलको व्याजमा समेत कर्जा पाएका छन् भन्ने मैले सुनेको छु । लागानी जसरी पनि गर्ने अनि वर्षमै सातबाट १४ प्रतिशत पुर्याइदिने ? यसरी त गाह्रो हुन्छ नी । सधैं ११/१२ प्रतिशत हुने हो भने कसैलाई गाह्रो हुने थिएन । हामी त्यसमा बानी परिसकेको छौं । तर ७ लाई १४ पुर्याउने हाइजम्पले चैं समस्या ल्याउँछ । सरकारको कमजोरी भनेका चैँ कित्ताकाट खोलेर नेपालको अर्थतन्त्र सुधार गर्छु भन्नु नै हो ।’, डा. खतिवडाले भने ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्