Shikhar Insurance
National Life

डिसहोम फाइवरनेटका प्रयोगकर्ता ३ लाख पुगे

सिंहदरबार संवाददाता
२०८० भाद्र १, शुक्रबार १३:४९
Hyundai
NCELL
NIMB

काठमाडौं। सेवा सुरु गरेको छोटो समयमा नै डिसहोम फाइवरनेटले ३ लाख ग्राहक बनाउन सफल भएको छ । । देशभर लाखौं मानिसलाई डीटीएच प्रविधिमा आधारित केवल टेलिभिजन सेवा प्रदान गर्दै आएको डिसहोमले सुरु गरेको इन्टरनेट सेवामा छोटो समयमा उल्लेख्य संख्यामा ग्राहक वृद्धि भएका हुन् ।

डिसहोमको ताइवानी सञ्चालक मि क्यारमेन, कार्यकारी निर्देशक सुदीप आचार्यले केक काटेर खुसियाली मनाएका हुन्। डिसहोम फाइबरनेट इन्टरनेट सेवामा दोस्रो ठूलो सेवा प्रदायकको रुपमा आएको छ । कम्पनीले केही वर्षमा पहिलो हुने लक्ष्य राखेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उत्कृष्ट इन्टरनेट तथा गुणस्तरीय ग्राहक सेवाका कारण पछिल्लो समय डिसहोम फाइवरनेट ग्राहकहरुको पहिलो रोजाइ हुन पुगेको छ । आकर्षक छुट, निःशुल्क डिसहोम गो एप तथा विभिन्न सजिलो, अन्य सेवा प्रदायकको भन्दा सस्तो तथा आकर्षक प्याकेज अहिले डिसहोम फाइवरनेटले प्रदान गरिरहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्