Shikhar Insurance
National Life

एभरेष्ट बैंकद्वारा ‘एभरेष्ट फेस्टिभ बोनान्जा २०८०’को सुरुवात

सिंहदरबार संवाददाता
२०८० भाद्र १, शुक्रबार १३:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । एभरेष्ट बैंकले आउँदै गरेको चाडपर्वहरु तीज, दसैं, तिहार र छठको शुभ अवसरमा ग्राहकहरूका लागि ‘एभरेष्ट फेस्टिभ बोनान्जा २०८०’ को सुरुवात गरेको छ ।

भदौ १ गतेदेखि लागू हुने यस अफरमा न्यून ब्याजदरमा कर्जा सुविधा उपलब्ध हुनुका साथै सेवा शुल्कमा समेत विशेष छुटको व्यवस्था रहेको छ । बैंकका नायब महाप्रबन्धक गौरव कुमारका अनुसार यस अफरअन्तर्गत घर कर्जा १०.७४ प्रतिशतको स्थिर ब्याजदरबाट सुरु हुनुका साथै घर निर्माणका लागि शतप्रतिशतसम्म बैंक लगानी रहने छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सवारी कर्जा १०.९ प्रतिशतको स्थिर ब्याजदरमा प्राप्त गर्नुका साथै विद्युतीय सवारीमा ८० प्रतिशतसम्म बैंक फाइनान्स रहने छ । साथै व्यक्तिगत तथा संस्थागत प्रयोजनार्थ आकर्षक ब्याजदरमा सेयर कर्जाको समेत उपभोग गर्न सकिनेछ।

तिन महिनाको लागि लागू हुने “एभरेष्ट फेस्टिभ बोनान्जा २०८०” मा कृषि साना तथा मझौला कर्जा आधार दर र १.५० प्रतिशतको प्रिमियम दरमा उपभोग गर्न सकिने छ । साथै बैंकका नायब महाप्रबन्धक कुमारले सम्पूर्ण ग्राहकहरूलाई नजिकैको शाखामा सम्पर्क राखी यस आकर्षक अफरको भरपुर फाइदा लिन आह्रवानसमेत गरे ।

पन्जाब नेसनल बैंक भारतसँग संयुक्त साझेदार रहेको तथा स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरू छन् ।

देशैभरी छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्