काठमाडौं । गरिमा विकास बैंकले ‘आफ्नै घर–आफ्नै व्यवसाय’ को सपनालाई साकार पार्ने उद्देश्यसहित ११.९९ प्रतिशत ब्याजदरमा गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक गरेको छ ।
कर्जासम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिनभित्र स्वीकृत हुने गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई कर्जाको ब्याज ७ वर्षसम्म निश्चित ११.९९ प्रतिशत रहने छ ।
११।९९ प्रतिशतको निश्चित तथा आकर्षक ब्याजदरमा घर खरिद वा निर्माण गर्नको लागि गरिमा सरल घर कर्जा र व्यवसाय/उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक कर्जा सुविधा लिन इच्छुक ग्राहकहरुले आफूलाई पायक पर्ने बैंकको शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने जनाइएको छ ।
हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १ सय २१ शाखा कार्यालय, ५० एटीएम र डिजिटल बैंकिङमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्