काठमाडौं । पूर्व मुख्य सचिव डा. बिमल कोइरालाले नेपालमा नाफा कमाउनेहरु प्रति गलत धारणा विकास हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । राजधानीमा आयोजीत एक कार्यक्रममा उनले नाफा कमाउनेहरु प्रति गलत धारणा राखेर देशको विकास सम्भव नहुने पनि बताए ।
‘नेपालमा नाफा कमाउनेहरु प्रति गलत धारणा छ, नाफा कमाउनेहरु जाली फटाहा हुन भन्ने चलन छ, व्यवसायीले नाफा नकमाए के कमाउँछन्न त ?’, डा. कोइरालाले प्रति प्रश्न गरे । व्यवसायीहरुले नाफा कमाएकैले कर प्राप्त भएको, रोजगारी सृजना भएको तथ्यलाई भुल्न नहुनेमा पनि जोड दिए । ‘व्यवसायीले नाफा नकमाए कर कहाँबाट उठ्छ ? कर नउठी देश कसरी चल्छ ? समृद्धि कसरी आउँछ ? लगानी गर्ने, नाफा कमाउनेहरुलाई गाली गरेर हुन्छ ?’, डा. कोइरालाले भने ।
उनले बैंकहरुले ७० अर्ब नाफा कमाए भनेर गाली गरेको सुन्दा आफु अचम्बित भएको टिप्पणी पनि गरे । ‘बैंकहरुले ७० अर्ब नाफा कमाए भनेर गाली गरेको सुन्छु, बैंकहरुले त लाभांश दिन सक्ने अवस्था नै छैन्, यति ८।९ खर्ब लगानी गरेर ७० अर्ब नाफा कमाउनु पनि धेरै हो र ? फेरि वितरण योग्य नाफाको ग्राफ त निकै कम छ नी ।’, डा. कोइरालाले भने । उनले नेपालका बैंक तथा वित्तिय संस्थाहरुले अहिले लगानीको तुलनामा निकै थोरै नाफा कमाईरहेको दावी पनि गरे ।
प्रतिक्रिया दिनुहोस्