Shikhar Insurance
National Life

बोर्डले दियो थप ५ कम्पनीलाई ब्रोकर लाइसेन्स, कति पुग्यो ब्रोकर कम्पनीको संख्या ?

सिंहदरबार संवाददाता
२०८० भाद्र १, शुक्रबार १२:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ५ वटा कम्पनीलाई ब्रोकरको लाइसेन्स दिएको छ । धितोपत्र बोर्डको बिहीबार (साउन ३२ गते) बसेको सञ्चालक समितिको निर्णयानुसार थप ५ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको हो ।

नयाँ लाइसेन्स पाउनेमा सिमित कार्य गर्ने गरी सजिलो ब्रोकर, रोडसो सेक्युरिटिज, बेनी सेक्युरिटिज, पूर्ण कार्य गर्ने गरी हिमालयन सेक्युरिटिज र सनी सेक्युरिटिज रहेका छन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यससँगै नयाँ ब्रोकर कम्पनीको संख्या ३७ पुगेको छ । यसअघि बोर्डले ३२ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरिसकेको छ ।

पहिलो चरणमा लाईसेन्स प्राप्त ब्रोकरहरुले दोस्रो बजारमा औपचारिक रुपमा नै कारोबार सुचारु गरिसकेका छन् ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को व्यवस्था बमोजिम पूर्वाधार तयार गरी बोर्डमा जानकारी गराएका कम्पनीलाई लाइसेन्स दिइएको बोर्डले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्