काठमाडौं । अधिकांश बाणिज्य बैंकहरुले भदौ महिनामा निक्षेपको ब्याजदर वृद्धि गरिहँदा एनएमबि बैंकले भने भारी मात्रामा निक्षेपको ब्याजदर घटाएको छ । साउनमा ब्याजदर प्रकाशनमा त्रुटी भएर आलोचित बनेको एनएमबि बैंक भदौमा भने इमानदार देखिएको हो ।
नेपाल बैंकर्स संघका अध्यक्ष समेत रहेका सीईओ सुनिल केसी नेतृत्वको एनएमबिले भदौमा सबै भन्दा धेरै मात्रामा ब्याजदर घटाउने बैंकको पहिलो नम्बर ओगटेको हो ।
एनएमबि बैंकका अध्यक्ष पवन गोल्यान पनि बैंक तथा वित्तिय संस्था परिसंघ नेपालका अध्यक्ष छन्, जो ब्याजदर घटाउनुपर्ने अभियानका पनि नेता हुन् । बैंकका लगानीकर्ताहरुको संस्था र बैंकरकै नेताहरुको संस्थाका प्रमुखले नेतृत्व गरेको एनएमबि बैंकले भदौमा सबै भन्दा धेरै ब्याजदर घटाउने बैंकका रुपमा उदारता देखाएको हो ।
एनएमबिले साधारण बचतमा साउनको ५.९८ प्रतिशत ब्याजदरलाई ५ प्रतिशत बनाएको छ भने अधिकतम ७.९८ प्रतिशतलाई ७ प्रतिशत बनाएको छ । बैंकले बचत खाताको उच्चतम ब्याजदर सिमालाई पनि ७.९८ प्रतिशतबाट घटाएर ७ प्रतिशत बनाएको छ ।
मुद्धति खाताको ब्याजदरमा पनि बैंकले भारी कटौती गरेको देखिन्छ । एनएमबिले मुद्धति खाताको न्युनतम ब्याजदर ९ प्रतिशतबाट घटाएर ८.१० प्रतिशत बनाएको छ । मुद्धति निक्षेपको अधिकतम ब्याजदर सिमा पनि १०.९३ प्रतिशतबाट घटाएर ९.९९० प्रतिशत बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्