Shikhar Insurance
National Life

वाणिज्य बैंकहरूले प्रकाशित गरे भदौ महिनाका लागि नयाँ ब्याजदर

सिंहदरबार संवाददाता
२०८० श्रावण ३२, बिहीबार १३:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । बिहीबार अधिकांश वाणिज्य बैंकहरुले भदौ महिनाको लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना खुल्ला रुपमा ब्याजदर तोकेका बैंकहरु दोस्रो महिना नै ब्याजदरको अस्वस्थ प्रतिस्पर्धामा उत्रिएका हुन् ।

बैंकहरुले प्रत्येक महिनाका लागि नयाँ ब्याजदर अन्तिम महिनाको मसान्तमा तोकिसक्नुपर्ने केन्द्रीय बैंकको नीतिअनुसार अधिकतम १० प्रतिशतले ब्याजदर वृद्धि गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साउन महिनाका लागि निक्षेपमा न्यूनतम ७ प्रतिशतदेखि ९.९८ प्रतिशतसम्म ब्याजदर तोकिएकोमा भदौ महिनाका लागि बैंकहरुले १०.८९६ प्रतिशतसम्म ब्याजदर तोकेका छन् । अधिकांश बैंकहरुले १० प्रतिशतमाथि ब्याजदर पुर्याएका छन् ।

कुमारी बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, कृषि विकास बैंक र नेपाल बैंकले १०.८९६ प्रतिशत ब्याजदर अफर गरेका छन् भने प्राइम कमर्सियल बैंक, लक्ष्मी सनराइज बैंक, नबिल बैंक, एभरेष्ट बैंक र प्रभु बैंकले क्रमशः १०.५० प्रतिशत, १०.४९ प्रतिशत, १०.४० प्रतिशत र १०/१० प्रतिशत तोकेका छन् ।

साथै, एनएमबी बैंक, नेपाल एसबीआई बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक र राष्ट्रिय वाणिज्य बैंकले ९.९९ प्रतिशत ब्याजदर तोकेका छन् । सबैभन्दा कम भदौ महिनाका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंकले ८.९२ प्रतिशत ब्याजदर तोकेको छ। यसअघि साउन महिनाका लागि बैंकहरुले निक्षेपमा ७ प्रतिशतदेखि ९.९८ प्रतिशतसम्म ब्याजदर तोकेका थिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्