Shikhar Insurance
National Life

कृषिमन्त्री भुसाल र दक्षिण कोरियाली राजदूतबीच शिष्टाचार भेटवार्ता

सिंहदरबार संवाददाता
२०८० श्रावण ३१, बुधबार १८:३०
Hyundai
NCELL
NIMB

काठमाडौ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालसँग नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क तइयोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा बुधबार भएको भेटमा मन्त्री भुसालले कोरिया नेपालको घनिष्ट मित्र, भरपर्दो साझेदार रहेको र नेपालको आर्थिक–सामाजिक विकासमा कोरियाले गरेको महत्वपूर्ण सहयोगको स्मरण गरे । साथै उनले कोरियाले पहिलेका दिनहरूमा पनि नेपाललाई सहयोग गर्दै आएको प्रति धन्यवाद व्यक्त गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्रीसँगको भेटको क्रममा राजदूत तेइयोङले आफ्नो मुलुक निकै गरिबीबाट अगाडि बढेको भन्दै त्यो बेला नेपालले गरेको सहयोगको स्मरण गरे । राजदूत तेइयोङले भने, ‘हामी गरिबीको चपेटामा परेको बेलामा नेपालले सहयोग गरेको हो । अहिले हामी दिन सक्ने अवस्थामा छौँ । नेपालले सहयोग मागे दिन सक्ने छौँ ।’

उनले थपे, ‘हाल कोरियामा एघार हजार भन्दा बढि नेपाली कामदार कृषि पेशामा छन् । अहिले जति श्रमिक कृषि पेशामा छन्, १० वर्षपछि नेपालमा आएर कृषि पेशामा लाग्ने छन् भन्ने अपेक्षा राखेको छु । हाम्रो मुलुकमा काम गरेर फर्किने श्रमिकले पैसा र सीप दुबै आर्जन गर्ने छन् । त्यो आफ्नो दक्षतालाई नेपालको कृषि उत्पादनमा लगाउने आशा राखेको छु ।’

सोही क्रममा राजदूत तेइयोङले आगामी नोभेम्बरसम्ममा कोरियाका कृषि मन्त्रीले नेपाल भ्रमण गर्ने जनाएका छन् ।
मन्त्री भुसालले दुई देश बीचमा एमोयु तयार गरी अगाडि बढाउने प्रस्ताव राखेका थिए । जवाफमा राजदूत तइयोङले आफ्नो मुलुक कृषिबाट नै अगाडि बढेको भन्दै नेपाललाई सहयोग आफूहरु तयार रहेको बताए ।

कोरियाली कृषि मन्त्री नेपाल भ्रमण गर्नुभन्दा पहिले एमोयु तयार गर्ने र भ्रमणको बेला हस्ताक्षर हुने गरी प्रक्रिया अगाडि बढाउने विषयमा दुवै पक्षबीच छलफल भएको कृषि मन्त्रीको सचिवालयले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्