Shikhar Insurance
National Life

विनोद चौधरीलाई एशियन अवार्ड‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ बाट सम्मान गरिने

सिंहदरबार संवाददाता
२०८० श्रावण ३१, बुधबार १४:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीलाई एशियन अवार्डले ‘फिल्यान्थ्रोपिस्ट अफ दिइयर २०२३’ बाट सम्मान गर्ने भएको छ ।

दुबई स्थित म्यूजियम अफ दि फ्युचर भवनमा अक्टोबर ७ तारिखमा यस अवार्डका पूर्व विजेता, सेलिब्रेटी र प्रतिष्ठित अतिथीहरूका वीच हुने एक भब्य समारोहमा चौधरीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । एशियन अवार्डले व्यवसाय,कला, प्रविधि, राजनीति, खेलकुद र समाजसेवामा उत्कृष्ट योगदान पु¥याउने प्रतिभालाई सम्मान गर्दै आएको छ । यस अवार्डबाट यसअघि आर्ट अफ लिभिङका सस्थापक श्री रविशंकर, सर वेन किङ्स्ले, ब्रुसली, सचिन तेन्दुलकर, ज्याकमा, मदर टेरेसा, फ्रेडी मर्करी,अभिनेता ज्याकीच्यान लगायत सम्मानित भएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपालका एक मात्र फोब्र्समा सुचिकृत अर्वपति उद्योगी एवं समाज सेवी चौधरीले फाउन्डेसनमार्फत नेपालमा प्रभावकारी रुपमा सामाजिक कार्यहरु गर्दै आएका छन् । नेपालमा सन् २०१५ मा गएको महाभुकम्पका समयमा भूकम्प पीडितका लागि करिव तीन हजार घर बनाएर भूकम्पबाट अत्यन्तै प्रभावित १० जिल्लाका पीडितहरुलाई हस्तान्तरण गरेका थिए । त्यस्तै, चौधरी फाउन्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा ६१ वटा पक्की घर निर्माण गरेको थियो । भुकम्पका बेलामा गरेको योगदान माथि फोब्र्स एसियाले विनोद चौधरीको कभर स्टोरी छापेको थियो ।

विनोद चौधरीको नेतृत्वमा रहेको चौधरी फाउन्डेसनले सन् २०१९ मा सुरु भएको कोभिड महामारीपश्चात कोभिड प्रभावित सर्वसाधारण नेपाली नागरिकको उपचारलाई सहज बनाउन वीर अस्पतालमा १८ बेडको आईसीयू निर्माण गरि सञ्चालनमा ल्याएको थियो । कोभिड महामारीको समयमा आईसियू बेडको अभावमा उपचार गर्न नपाएका सर्वसाधारण नागरिकका लागि उक्त बार्ड निर्माणले ठूलो राहत पुगेको थियो । फाउण्डेसनले कान्तिबाल अस्पतालको आकस्मिक वार्ड (इमर्जेन्सी वार्ड)निर्माण गरि हस्तान्तरण गरेको थियो । त्यस्तै, चौधरी फाउन्डेसनले सरकारलाई पिसिआर रिएजेन्ट र भेन्टिलेटरहरूपनि सहयोग गरेको थियो । अहिले चौधरी फाउण्डेसन नेपालकादुर्गम क्षेत्रमा स्वास्थ्य सेवाप्रभावकारी बनाउन स्थानीय अस्पतालहरुको गुणस्तर अभिवृद्धि गरि स्थानीय नागरिकले घर नजिकै गुणस्तरीय सेवापाउने वातावरण बनाउन लागि रहेको छ ।

चौधरी फाउन्डेसनले शिक्षा, स्वास्थ्य, विपत्व्यवस्थापन, उद्यमशिलताविकास, सीप र जीविकोपार्जन,महिला सशक्तिकरण,आध्यात्मिकएवं सम्पदा संरक्षण क्षेत्रमा काम गर्दै आएको छ । चौधरी एक सफल नेपालीउद्योगी, लेखक, राजनीतिज्ञ तथा समाज सेवी हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका चौधरी नवलपरासी पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद रहेका छन् ।अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त चौधरीको आत्मकथा विश्वका विभिन्न सात भाषामा प्रकाशित छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्