Shikhar Insurance
National Life

इन्डोनेसियाद्वारा विद्युतीय सवारी साधन प्रयोगमा जोड

सिंहदरबार संवाददाता
२०८० श्रावण ३१, बुधबार १३:२४
Hyundai
NCELL
NIMB

जकार्ता । इन्डोनेसियाली सरकारले हालै जकार्तामा गम्भीर वायु प्रदूषणको चपेटामा परेपछि स्वच्छ ऊर्जाको प्रयोगमा जोड दिँदै विद्युतीय सवारी साधन प्रयोगतर्फ अगाडि बढ्न जनतालाई आह्वान गरेको छ ।

इन्डोनेसियाका राज्य–स्वामित्वका उद्यम मन्त्री एरिक थोहिरले जकार्तामा हालै देखिएको वायु प्रदूषण देशको इतिहासमा सबैभन्दा खराब भएकाले विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“एक समाधान भनेको वैकल्पिक ऊर्जा प्रयोग गर्नु हो जुन वातावरणमैत्री छ । त्यसैले सरकारले परम्परागत इन्धनबाट चल्ने सवारी साधनबाट विद्युतीय सवारी साधनमा परिवर्तन गर्न जोड दिइरहेको छ,” थोहिरले भर्चुअल सेमिनारमा भन्नु भएको छ ।

राष्ट्रपति जोको विडोडोले सोमबार अगस्ट १३ सम्म राजधानीको वायु गुणस्तर सूचकाङ्क एक सय ५६ मा पुगेको उल्लेख गरेका छन् । यो अवस्था वायु प्रदूषणका हिसाबले अत्यन्त खराब हो । एएफपी

GBIME

प्रतिक्रिया दिनुहोस्