Shikhar Insurance
National Life

सुदुरपश्चिममा बीमा कम्पनीका शाखा प्रमुखहरुलाई दावी भुक्तानी र सम्पति शुद्धिकरण निवारण तालिम

सिंहदरबार संवाददाता
२०८० श्रावण ३१, बुधबार १२:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सुदुरपश्चिम प्रदेशमा दावी भुक्तानीतथा सम्पति शुद्धिकरण निवारण रोकथाम सम्बन्धी तामिल प्रदान गरेको छ । प्राधिकरण प्रदेश कार्यालयको अगुवाईमा प्रदेशस्थित जीवन बीमा र निर्जीवन बीमा कम्पनीका शाखा प्रमुखहरुलाई दावी भुक्तानी फर्योट, उजुरी र सम्पति शुद्धिकरण निवारण रोकथामबारे प्रशिक्षण दिईएको हो ।

दावी भुक्तानी सम्बन्धी प्रशिक्षण उजुरी शाखा प्रमुख बिरोध भट्टले दिएका थिए भने सम्पति शुद्धिकरण निवारण सम्बन्धी प्रशिक्षण सुदुरपश्चिम प्रदेश प्रमुख हृदयश्वर पण्डितले दिएका थिए । तालिमबाट प्रदेशस्थित बीमा कम्पनीका शाखा प्रमुखहरुलाई दावी भुक्तानी प्रक्रिया सहज बनाउन तथा सम्पति शुद्धिकरण निवारण रोकथामका लागि जानकारी दिने प्रयास गरेको प्राधिकरण उजुरी शाखा प्रमुख बिरोध भट्टले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्