काठमाडाैं । महालक्ष्मी विकास बैंक बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालद्वारा प्रदान गरिने ‘एल एन्ड डी एक्सिलेन्स अवार्ड २०२३’ बाट पुरस्कृत भएको छ ।
बैंकले गोल्ड श्रेणीअन्तर्गतको पुरस्कार प्राप्त गरेको हो । कर्मचारीलाई स्तरीय तालिम उपलब्ध गराएबापत बैंकले यो अवार्ड पाएको हो।
साउन २९ गते सोमबार अलफ्ट काठमाडौं होटलमा सम्पन्न ‘लिडर्स फर द नेक्स्ट जेनेरेसन: एक्सपेक्ट न अनएक्सपेक्टेड’ कन्फरेन्सका बीच बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको हो । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले महालक्ष्मी विकास बैंक मानव संशाधन विभागका प्रमुख विशालराज कार्कीलाई उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् ।
‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरत रूपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको यस बैंकले आम ग्राहकहरुको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्