Shikhar Insurance
National Life

ग्लोबल आईएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा क्युआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८० श्रावण ३०, मंगलवार १४:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल आईएमई बैंकका ग्राहकहरुलाई मेट्रो मार्टका काठमाडौं उपत्यकाभित्रका स्टोरहरूबाट सामान किन्दा स्मार्ट क्युआरमार्फत भुक्तानी गरेमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

उक्त योजनाअन्तर्गत ग्लोबल आईएमई बैंकको मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’ बाट स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाइनेछ । यो योजनामा एक पटकको खरिदमा २ सय रूपैयाँसम्म र योजना अवधिभर ५ सय रूपैयाँसम्म छुट पाइनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो योजना सीमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा र पेप्सीकोलास्थित स्टोरहरुमा लागू हुनेछ ।बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय-समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्