Shikhar Insurance
National Life

दुई लघुबिमा कम्पनीले पाए लाइसेन्स, ट्रष्टले अझै जुटाउन सकेन लगानी

सिंहदरबार संवाददाता
२०८० श्रावण ३०, मंगलवार १०:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बिमा प्राधिकरणले थप २ वटा लघु बिमा कम्पनीहरुलाई लाइसेन्स दिएको छ । बिमा प्राधिकरण सञ्चालक समितिको साउन २६ गते बसेको बैठकले दुई वटा लघुबिमा कम्पनीहरुलाई लाइसेन्स दिने निर्णय गरेको हो ।

प्राधिकरणले मधेस प्रदेशको जनकपुरमा केन्द्रीय कार्यालय रहने गरी स्टार माइक्रो इन्स्योरेन्सलाई लाइसेन्स दिने निर्णय गरेको हो । त्यस्तै, गण्डकी प्रदेशको पोखरामा केन्द्रीय कार्यालय रहने गरी लिबर्टी माइक्रो लाइफलाई लाइसेन्स दिने निर्णय भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुटवल केन्द्रीय कार्यालय रहने गरी एलओआई लिएको ट्रष्ट माइक्रो इन्स्योरेन्सले भने अझै लगानी जुटाउन सकेको छैन् । बिमा प्राधिकरणले यसअघि नै लाइसेन्स दिएर चारवटा लघुबिमा कम्पनीहरुले कारोबार आरम्भ गरिसकेका छन् । विराटनगर केन्द्रीय कार्यालय रहेको गार्डियन माइक्रो लाइफ, चितवन केन्द्रीय कार्यालय रहेको नेपाल माइक्रो इन्स्योरेन्स, सुर्खेत केन्द्रीय कार्यालय रहेको क्रेष्ट माइक्रो लाइफ र धनगढी केन्द्रीय कार्यालय रहेको प्रोटेक्टिभ माइक्रोले कारोबार आरम्भ गरिसकेका छन् ।

बिमा प्राधिकरणले २०७९ मंसिर ११ गते ७ वटा लघुबिमा कम्पनीहरुलाई एलओआई प्रदान गरेको थियो । लाइसेन्सका लागि आवेदन दिएका ३१ मध्ये ४ वटा निर्जीवन र ३ वटा जीवन बिमा कम्पनीहरुलाई एलओआई दिने निर्णय गरेको हो ।

प्राधिकरणले प्रदेशमा केन्द्रीय कार्यालय रहनुपर्ने व्यवस्थासहित ७५ करोड रुपैयाँ चुक्ता पुँजी कायम गरेर लघुबिमा कम्पनीलाई लाइसेन्स दिएको हो लघुबिमा कम्पनीहरुले चुक्ता पुँजीको कम्तीमा ५१ प्रतिशत रकम संस्थापकहरुले राख्नुपर्नेछ भने ३० प्रतिशत हिस्सा सर्वसाधारणका लागि हुनै पर्ने व्यवस्था रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्