काठमाडौं। बृज सिमेन्ट इण्डष्ट्रिज प्रालिले साउनको अन्तिम सोमबार सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ८ स्थानमा बोलबमका भक्तजनहरुलाई निःशुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफुल जुस लगायतका सेवा प्रदान गरेको छ ।
लायन्स एण्ड लियो क्लब अफ काठमाडौं चाबहिल, बृज सिमेन्टको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको हो । बिभिन्न स्थानबाट आउने र पशुपति दर्शन गर्ने भक्तजनहरुलाई १ सय १५ जना बिभिन्न स्वयंमसेवकहरुद्वारा ८ स्थानमा सेवा प्रदान गरिएको कम्पनीले जनाएको छ ।
यसका साथसाथै पशुपतिनाथमा भक्तजनहरुलाई निःशुल्क स्वस्थ्य परीक्षणसमेत गरिएको छ । स्वास्थ्य शिविर क्याम्पमा आँखा, दाँत र जनरल चेकअप गर्नुका साथसाथै रक्तचाप र मधुमेहको समेत परिक्षण गरिएको थियो । उक्त स्वास्थ्य शिविरका अनुसार करिब १५ सय धर्मावलम्बीले यस स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराएका थिए ।
साउनको सोमबार देशभर महादेवको बिभिन्न मन्दिरहरुमा पूजा अर्चना गरिन्छ र सोमबार विशेष रूपमा पशुपतिनाथ, डोलेश्वर महादेव, हलेसीलगायत देशभरका बिभिन्न स्थानमा पूजा अर्चना गरिन्छ । बृज सिमेन्टको यो कार्य आफ्नो कम्पनीको वार्षिक कार्यक्रमअन्तर्गत संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको कम्पनीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्