Shikhar Insurance
National Life

बंगलादेशमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ४ सय नाघ्यो, संक्रमित ८५ हजारभन्दा बढी

सिंहदरबार संवाददाता
२०८० श्रावण २९, सोमबार १३:१३
Hyundai
NCELL
NIMB

ढाका । बंगलादेशमा २४ घण्टाको अवधिमा थप ११ जनाको डेंगुका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै यस वर्ष डेंगु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३९८ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको महानिर्देशनालयको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा दैनिक दुई हजार ९ सय ५ जनामा डेंगुको सङ्क्रमण देखिएको र जनवरीयता डेंगुका सङ्क्रमितको सङ्ख्या ८५ हजार ४ सय ११ पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पछिल्लो २४ घण्टामा अस्पताल र क्लिनिकबाट थप दुई हजार ९ सय ९१ जना निको भएर घर फर्केपछि निको हुनेको सङ्ख्या ७५ हजार २८० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस वर्षको अगष्टमा १ सय ४७, जुलाईमा २ सय ४ र जुनमा ३४ जनाको मृत्यु भएको छ । गत महिना ४३ हजार ८ सय ५४ जनामा लामखुट्टेको टोकाइबाट डेंगुको सङ्क्रमण देखिएपछि अगस्टको पहिलो १३ दिनमा थप ३३ हजार ५ सय ७९ जनामा डेंगुको सङ्क्रमण देखिएको छ ।

एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग डेंगु ज्वरा आउँदा टाउको दुख्ने, उच्च ज्वरो आउने, थकाइ लाग्ने, मांसपेशी र जोर्नी दुख्ने, ग्रन्थी सुन्निने, वान्ता हुने र चिलाउने जस्ता लक्षण हरू देखा पर्छन् ।

एडिस मूलतः उष्णकटिबन्धीय र उपोष्णकटिबन्धीय क्षेत्रमा पाइने लामखुट्टेको प्रजाति हो । तर, यो प्रजाति अहिले अन्टार्कटिकाबाहेक सबै महादेशहरूमा फैलिएको पाइन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्