Shikhar Insurance
National Life

नेप्से १४.८१ अंकले बढ्याे, ३ अर्ब १ करोडकाे काराेबार

सिंहदरबार संवाददाता
२०८० श्रावण २८, आईतवार १६:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १४ दशमलव ८१ अंकले बढेर दुई हजार ८० दशमलव ८६ अंकमा कायम भएको हो ।

आज दुई सय ७१ कम्पनीको ९७ लाख १८ हजार सात सय ५४ कित्ता सेयर ९५ हजार नौ सय ६५ पटक खरिद बिक्री हुँदा ३ अर्ब १ करोड ८४ लाख ६० हजार पाँच सय १२ रूपैयाँ बराबरको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वित्त, उत्पादन तथा प्रशोधन लघुवित्त र अन्य समूहका उपसूचक क्रमशः एक दशमलव ३०, १० दशमलव ३४, १३ दशमलव ५५ र शून्य दशमलव १८ अंकले घटेका छन् भने बाँकी सबै समूहका उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बिमा समूह दुई सय ४१ दशमलव ५७ र होटल तथा पर्यटन समूह एक सय सात दशमलव ५० अंकले बढेका छन् ।

त्यस्तै, बैंकिङ १३ दशमलव ६१, विकास बैंक २१ दशमलव ३०, जलविद्युत् १८ दशमलव ५१, लगानी शून्य दशमलव ३०, जीवन बीमा ५८ दशमलव १३ र व्यापार समूह शून्य दशमलव ८ अंकले बढेका छन् । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने घोराही सिमेन्ट इन्ड्रस्टी लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड प्रमोटर शेयर रू ५८ करोड ४५ लाख ६१ हजार चार सय बराबरको १९ लाख ४८ हजार पाँच सय ३८ कित्ता किनबेच भएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्