काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।
सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरुले वीरगन्ज, पर्सामा अवस्थित मंगलम डाइनेस्टिक सेन्टरको प्याथोलोजी टेस्ट सेवामा १० प्रतिशत, सिमरा बारामा अवस्थित होटल क्वीक र रिभर साइड प्रालिका सेवाहरुमा अधिकतम १० प्रतिशत, हेटौंडा मकवानपुरमा अवस्थित रेगाल हेटौंडा रिसोर्ट प्रालिका सेवाहरुमा अधिकतम १५ प्रतिशत, धनगढी कैलालीमा अवस्थित निसर्ग अस्पतालका सेवाहरुमा अधिकतम २० प्रतिशत, हेटौंडा मकवानपुरमा अवस्थित विशुद्ध माेमाेचाका सेवाहरुमा १० प्रतिशत, र भरतपुर चितवनमा अवस्थित कबिलास रिसोर्ट फनपार्कका सेवाहरुमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्