लमजुङ । पहिरोले लमजुङ र मनाङ जिल्लालाई जोड्ने बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै बेंसीसहर नगरपालिका–६ खरखरे भीरमा आज बिहान पहिरो गएको हो ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार उक्त भीरमा पहिरो झर्ने क्रम जारी छ । पहिरोका कारण सवारीसाधन बाटोमै थन्किएका छन् । “तत्काल सडक खुलाउन असम्भव छ”, उनले भने।
सडक अवरुद्ध हुँदा लमजुङको उत्तरी भेगका साथै मनाङवासी मारमा परेका छन् । उक्त सडकखण्डअन्तर्गत लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर सडक पर्छ ।
प्रतिक्रिया दिनुहोस्