Shikhar Insurance
National Life

एलआईसीका लगानीकर्ता डुबे, ९४९ रुपैयाँमा किनेको आईपीओ ६२२ मा झर्यो

सिंहदरबार संवाददाता
२०८० श्रावण २८, आईतवार ०९:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । एलआईसीका लगानीकर्ताले यतिबेला भारी नोक्सानी व्यहोरीरहेका छन् । एलआईसीले सन २०२२ को मे ४ मा आईपीओ जारी गरेको थियो । भारतीय इतिहासको सबै भन्दा ठूलो आईपीओको प्रति कित्ता मूल्य ९२२ देखि ९४९ रुपैयाँसम्ममा बिक्रि गरेको थियो । एलआईसीले आफ्नो कुल पुँजीको ३.५ प्रतिशतले हुने २२.१३ करोड कित्ता सेयर बिक्रि गरेर २१ हजार करोड भन्दा बढी रकम आर्जन गरेको थियो ।

बम्बई स्टक एक्सचेञ्जमा शुक्रबार एलआईसीको सेयर प्रति कित्ता ६२२ रुपैयाँमा खरिद बिक्रि भएको थियो । अहिलेको बजार मूल्यका आधारमा एलआईसीको आईपीओ खरिद गर्ने लगानीकर्ताहरुले प्रति कित्ता २८७ रुपैयाँ घाटा खाईरहेका छन् । अर्थात एलआईसीको आईपीओ खरिद गरेका लगानीकर्ताहरु अहिले ३० प्रतिशत नोक्सानीको अवस्थामा छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अडानी समुहबारे हिंडनवर्गको रिपोर्ट आउँदा ताका सन २०२३ को प्रारम्भतिर एलआईसीको सेयर मूल्य घटेर ५८२ रुपैयाँसम्म झरेको थियो ।
गत एक बर्ष अवधीमा एलआईसीको सेयर मूल्य ५३० रुपैयाँ देखि ७५४ रुपैयाँसम्ममा अड्किरहेको छ । अहिले कम्पनीको मार्केट भ्याल्यु ६ लाख करोड रुपैयाँबाट घटेर ४.१८ लाख करोड रुपैयाँमा सिमित भएको छ ।

एलआईसीमा लगानी गर्नु ठिक की बेठिक ?

भारतीय सेयर बजारमा क्रियाशिल प्रोफिटमार्ट सेक्युरिटिजका प्रमुख अविनाश गोरक्षकर र बजार विश्लेषक अरुण केजरीवालले गहन विश्लेषणा गरेका छन् । गोरक्षकरका अनुसार एलआईसीमा लगानी गरेर तत्कालै मुनाफा कमाउने योजना हो भने त्यो सम्भव छैन्, तर कसैले आगामी दुई बर्षका लागि हेरेर लगानी गर्छ भने उसले पक्कै ठूलो लाभ पाउनेछ ।

बजार तिब्र गतिमा बढिरहेको छ तर एलआईसीले भने आफ्नो आईपीओको मूल्य पनि छुन सकिरहेको छैन् । गोरक्षकरका अनुसार आजका दिनमा एलआईसीको मूल्यमा गुमाउनु बाँकी केहि पनि छैन्, अर्थात कम्पनीको सेयर मूल्य यो भन्दा तल जाने ठाउँ भने अब बाँकी छैन् ।
यस अघि कम्पनीले कम प्रिमियम र कम लाभ भएका पोलिसीहरु बेच्ने गरेको तर अब भने व्यवस्थापनले निजी कम्पनीहरुसँग प्रतिस्पर्धी हुने योजनासहित अघि बढ्ने घोषणा गरेको गोरक्षकर बताउँछन् ।

अविनाश गोरक्षकरले भने एलआईसीमा संस्थागत लगानीकर्ताको प्रवेश नभएसम्म कम्पनीमा लगानी गरेर प्रतिफल पाउने आशा निकै कम हुने बताए । एलआईसीमा अहिले पनि करिब ९७ प्रतिशत लगानी भारत सरकारकै छ । बेचिएको ३ प्रतिशत आईपीओ पनि अधिकतम हिस्सा कम्पनीका कर्मचारीहरुले नै खरिद गरेका हुन् । ‘जबसम्म एलआईसीमा संस्थागत लगानीकर्ताको प्रवेश हुन्न तबसम्म प्रतिफलको आश न्युन हुन्छ, रिटेल इन्भेष्टर्ससँग बजारलाई माथि लैजाने क्षमता हुन्न’, गोरक्षकरले भनेका छन् । एलआईसीले प्रचार प्रसारमा पनि खासै ध्यान नदिएको गुनासो गोरक्षकरको छ । जसबाट लगानीकर्ताहरुमा कम्पनी प्रति सरकारको गम्भिर ध्यान छ भन्ने सन्देश नै गएको छैन् ।

बजार विश्लेषक अरुण केजरीवालको धारणा पनि गोरक्षकरसँग मिल्दो जुल्दो छ । बीमा बजारमा निजीकरण भएको १८ बर्ष पुरा भयो तर आज पनि बजारमा ६० प्रतिशत हिस्सा सरकारी स्वामित्वको एलआईसीकै छ ।

यसको सिधा अर्थ भारतीय नागरिकहरु अझै पनि एलआईसीमै विश्वास गर्छन् । ‘जब कम्पनीसँग पोलिसी होल्डर मात्रै हुन्छन, तब कम्पनीको नीति फरक हुन्छ, जब कम्पनीसँग सेयर होल्डर पनि हुन्छन्, तब फरक नीति अवलम्बन गरिनुपर्छ ।’, केजरीवाल भन्छन् । अब एलआईसीले अन्तराष्ट्रिय बीमा नीति अनुसार आफुलाई अघि बढाउने भएकाले आगामी बर्षहरुमा त्यसको असर लगानीकर्ताहरुले मुनाफाका रुपमा देख्न पाउने उनको दावी छ ।

कस्तो छ एलआईसीको वित्तिय विवरण ?
अगष्ट १० मा सार्वजनिक पहिलो त्रैमासिकको वित्तिय विवरण अनुसार १२९९ प्रतिशतले बढेर ९५४३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधीमा कम्पनीको नाफा जम्मा ६८२ करोड रुपैयाँ मात्रै थियो । लगानी फिर्ताबाट आएको रकमले एलआईसीको नाफा ह्वात्तै बढेको हो ।
६९५७० करोड रुपैयाँ रहेको त्यस्तो नाफा बढेर ९०३०९ करोड रुपैयाँ पुगेको हो । यहि आम्दानीका कारण कम्पनीको नाफा बढेको हो ।

कम्पनीको प्रिमियम आय भने घटेको छ । त्रैमासिक रिपोर्ट सार्वजनिक भएपछि कम्पनीका सीईओ सिद्धार्थ मोहन्तीले पत्रकार सम्मेलन नै गरेर प्रिमियम आयको गिरावट प्रति चिन्ता व्यक्त गरेका थिए ।-बीबीसी हिन्दीको सहयोगमा

GBIME

प्रतिक्रिया दिनुहोस्