काठमाडाैं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्