Shikhar Insurance
National Life

टोरन्टोमा छानियो ‘गाउँ आएको बाटो’

सिंहदरबार संवाददाता
२०८० श्रावण २६, शुक्रबार ११:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा छनोट भएको छ । निर्माण टोलीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै छनोटबारे जानकारी दिएको हो ।

टोरन्टोको यो संस्करण सेप्टेम्बर ७ देखि १७ तारिखसम्म चल्ने छ । नवीन सुब्बाले निर्देशन गरेको उक्त चलचित्रमा राई जातिको सामाजिक पृष्ठभूमिमा तयार भएको छ भने गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निर्देशक सुब्बाले विश्वको प्रतिष्ठित चलचित्र महोत्सवमा नेपाली चलचित्र छनोट हुनुले यसले सकारात्मक प्रभाव पार्ने बताए । उनले भने, “यसले हाम्रा चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउने विश्वास छ ।”

निर्देशक सुब्बाले निर्देशनको सुरुआत गरेको पहिलो चलचित्र ‘खाङ्ग्री’ नै पहिलोपटक अन्तर्राष्ट्रिय बजार पुगेको थियो। यसअघि उनीद्वारा निर्देशित ‘नुमाफुङ’ फुकुओका, गोटेवर्ग, सन्फ्रान्सिस्कोजलगायत थुप्रै अन्तर्राष्ट्रिय महोत्सवमा छनोट भएको थियो ।

चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारले अभिनय गरेका छन् । महेश राई र निर्देशक सुब्बाले लेख्नुभएको चलचित्रमा जोस हेरमले छायाँङ्कन, क्वान पुन लिउङले सम्पादन र हेडी लिले संगीत भरेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्