काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७९/८० का लागि सनराइज फर्स्ट म्युचुअल फण्डका एकाइ धनीहरूलाई प्रतिफल दिने भएको छ । फण्डले करसहित १६ प्रतिशतका दरले हुन आउने रकम १३ करोड ७६ लाख रूपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
एकाइ धनी दर्ता किताब बन्द हुनेसम्बन्धी सूचना निकट भविष्यमा फण्डले प्रकाशित गर्ने बताएको छ । विगत ३ वर्षमा फण्ड योजनाले ६९ प्रतिशत लाभांश वितरण गरेको छ ।
यो लक्ष्मी सनराइज बैंकबाट प्रवर्द्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित गरिएको हो ।
कम्पनी सञ्चालक समितिको साउन २५ गते बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । क्यापिटलको साधारणसभाको मिति पनि आगामी दिनमा गरिने क्यापिटलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्