Shikhar Insurance
National Life

व्यवस्थित बन्दै ‘हापुरे’- ‘युद्धको समयमा शान्तिवार्ता भएको घर खोज्छन् बटुवा

सिंहदरबार संवाददाता
२०८० श्रावण २५, बिहीबार १७:०४
Hyundai
NCELL
NIMB

तुलसीपुर । इतिहास बोकेको दाङको हापुर व्यवस्थित सहर बन्ने भएको छ । हापुरे बजारको बस्ती विकास तथा सहरीकरण गर्नका लागि लुम्बिनी प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको छ । सो बजेटले बजारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) हुने जनाइएको छ । हापुरेमा तत्कालीन समयमा तत्कालीन सरकारका प्रतिनिधि र  माओवादीका नेताका बीचमा शान्ति वार्तासमेत भएको हो । वार्ता भएपछि त्यो बजारका राष्ट्रियरुपमा चर्चा भएको थियो । त्यस्तै दाङ–सुर्खेत सडकखण्डको एउटा केन्द्रका रुपमा समेत हापुरे बजारलाई लिइएको छ ।

माओवादीले विसं २०५२ मा थालेको जनयुद्धको तेस्रो वार्ता २०६० सालमा हापुरेमा भएको थियो । सो वार्तामा माओवादीकोतर्फबाट डा बाबुराम भट्टराई, रामबहादुर थापा ‘बादल’, कृष्णबहादुर महरा थिए भने तत्कालीन सरकारकोतर्फबाट कमल थापा र प्रकाशचन्द्र लोहनी थिए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दाङको हापुरेमा वार्ता सुरु भएको थियो ।  देशभरको ध्यान दाङको हापुरे केन्द्रित थियो । तर वार्ता भने सफल हुन सकेको थिएन । त्यो वार्ता त्यहाँका बासिन्दाले अहिले पनि झलझली सम्झिरहन्छन् । स्थानीयवासी  शिवलाल खत्रीको घरमा सो वार्ता भएको थियो । त्यो घर अहिले पनि सुरक्षित छ ।  शान्तिवार्ता भएको घरमा अहिले पनि खत्रीको परिवार बस्दै आएका छन् । उनको कोठामा नेता भट्टराई र महराको फोटो राखिएको छ । इतिहास बोकेको घरको सम्झनास्वरुप फोटो राखेको खत्रीले बताए। “त्यतिबेला भएको शान्तिवार्ता ऐतिहासिक हो”, उनले भने, “यसको सम्झनास्वरुप उनीहरुको फोटो राखेको हुँ ।”

उक्त स्थानलाई नमुना सङ्ग्रहालय बनाउनुपर्ने उनको माग छ । द्वन्द्वकालमा एउटा इतिहास बनाएको उक्त स्थानमा कुनै पनि चिनो नराखिएको भन्दै उनले  त्यसको संरचना र चिनारीका लागि सङ्ग्रहालय बनाउनुपर्ने बताए। यसका लागि राज्यले पनि पहल थाल्नुपर्ने बताए।

शान्तिवार्ता भएको उक्त घर संरक्षण गरे आउने पुस्तालाई पनि इतिहास थाहा हुने भन्दै शान्तिवार्ता भएको स्थानलाई सुरक्षित राख्नुपर्ने खत्रीको भनाइ छ ।

शान्तिवार्ता भएको घर खोज्छन् बटुवा  

अहिले बाहिरबाट जुन व्यक्ति हापुरे पुग्छन् ती सबैले सोध्छन् ‘युद्धको समयमा शान्तिवार्ता भएको घर कुने हो ?’ अहिले बाहिरबाट हापुरे आउने हरेक व्यक्तिले शान्तिवार्ताका बारेमा सोध्ने गरेको माओवादी केन्द्रका नेता तथा हापुरेका अगुवा भीमबहादुर वलीले बताए। हापुरेले एउटा इतिहास बनाएको भन्दै अब हापुरको विकासमा लाग्नुपर्ने उनको भनाइ थियो ।

मुलुकले शान्ति पायो, राजतन्त्र फाल्यो, सङ्घीय गणतन्त्र पनि ल्यायो । विकास र समृद्धिको मार्गमा अघि बढिसक्यो तर शान्तिवार्ता भएर इतिहास बनाएका क्षेत्रको विकासमा चासो दिनुपर्ने उनको भनाइ छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्