काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्दा चाँदी भने सस्तो बनेको छ । सोमबार सुनको मूल्य तोलाको २ सय रूपैयाँले उकालो लाग्दा चाँदी भने ५ रूपैयाा सस्तो बनेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढेर प्रतितोला ८६ हजार ५ सय रूपैयाँ पुगेको छ । जबकि चाँदी ५ रूपैयाँले सस्तो बनेर १२ सय २५ रूपैयाँमा ओर्लिएको छ ।
तेजावी सुनको मूल्य भने प्रतितोला ८६ हजार ५० रूपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्