Shikhar Insurance
National Life

मन्त्रिपरिषद्ले गर्‍यो ७१५ अस्थायी अधिकृत स्तरका दरबन्दी स्वीकृत

सिंहदरबार संवाददाता
२०८० श्रावण २४, बुधबार १७:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले राजपत्राङ्कित अधिकृतस्तरका ७ सय १५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। आज बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले दरबन्दी स्वीकृत भएको जानकारी दिइन् ।

मन्त्री शर्माका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका लागि आवश्यक पर्ने राजपत्राङ्कित अधिकृतस्तरका ७ सय १५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त बैठकमा अमन चौधरी (अग्रवाल) र सोफिया रुथ भण्डारीले झुटा विवरण पेस गरी नागरिकता लिएको देखिएकाले नागरिकता रद्द गरी नेपाली नागरिकबाट हटाउने र संलग्न व्यक्तिहरुलाई कारबाही गर्ने निर्णय पनि गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।

बैठकले उपराष्ट्रपति रामसहायप्रसाद यादवको चीन भ्रमण स्वीकृत गरेको छ । चीनको कुनमिङ सहरमा साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुने सातौं चाइना–साउथ एसिया एक्स्पो र २७औं चाइना (कुनमिङ) इम्पोर्ट एन्ड एक्सपोर्ट फेयरमा सहभागी हुन उपराष्ट्रपतिको चीनको भ्रमण स्वीकृत भएको हो ।

साथै, बैठकले भदौ १९ र २० गते स्विडेनमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन प्रमुख निर्वाचन आयुक्तलाई स्वीकृति दिएकाे छ।

GBIME

प्रतिक्रिया दिनुहोस्