काेलम्बाे । श्रीलंकामा यस वर्ष अगष्ट ८ सम्ममा आठ लाखभन्दा बढी विदेशी पर्यटक भित्रिएको श्रीलंका विकास प्राधिकरण (एसएलटीडीए) ले बुधबार जानकारी दिएको छ ।
अगस्टको पहिलो छ दिनमा श्रीलंकामा ३० हजार ३०३ पर्यटक भित्रिएको र भारत, संयुक्त अधिराज्य र चीन अगस्ट को आगमनको लागि शीर्ष स्रोत बजार भएको एसएलटीडीएका अध्यक्ष प्रियन्था फर्नान्डोले बताए ।
श्रीलंकामा कोभिड–१९ को महामारी र आर्थिक तथा राजनीतिक संकटका कारण विदेशी मुद्रा आर्जन गर्ने प्रमुख मुलुकमध्येको एक पर्यटन क्षेत्र धरासायी भएको छ ।
सन् २०२२ मा दक्षिण एसियाली राष्ट्रमा सात लाख २० हजारभन्दा कम पर्यटक आएका थिए ।
यद्यपि, आधिकारिक तथ्यांकअनुसार सन् २०२३ मा यो उद्योगमा सुधार आएको छ । सन् २०२३ को जुन महिनामा सबैभन्दा बढी १ लाख ४३ हजार ३९ पर्यटक नेपाल भित्रिएका छन् ।
प्रतिक्रिया दिनुहोस्