Shikhar Insurance
National Life

गोरखाको प्रवेशद्वारमा सहिद थापाको सालिक

सिंहदरबार संवाददाता
२०८० श्रावण २४, बुधबार ११:००
Hyundai
NCELL
NIMB

गोरखा । गोरखा प्रवेश गर्ने मुख्य नाका गोरखा नगरपालिका–१३ देउरालीस्थित मझुवामा प्रथम सहिद लखन थापामगरको सालिक निर्माण गरिएको छ । गोरखा–आँबुखैरेनी सडकखण्डमा पर्ने गोरखा मझुवास्थित गोरखा प्रवेशद्वारसँगै प्रथम सहिद थापामगरको पूर्णकदको सालिक स्थापना गरिएको हो ।

गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरका अनुसार सहिद थापामगरको सम्मान गर्न र गोरखा प्रवेश गर्ने प्रत्येकलाई उनका बारेमा जानकारी गराउने उद्देश्यले सालिक स्थापना गरिएको हो । गोरखा नगरपालिकाको  १० लाख रूपैयाँ तथा नेपाल मगर संघको २ लाख रूपैयाँको लागतमा सालिक निर्माण गरिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सहिद थापामगरले १९११ सालमा पुरानो गोरख गणमा भर्ना भएर १९२७ सालदेखि विद्रोहको थालनी गरेको इतिहास छ । सहिद थापामगरलाई १९३३ फागुन २ गते सहिद लखन गाउँपालिका–७ बुङ्कोटस्थित काहुले भङ्गारमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए । उनलाई २०५६ सालमा नेपाल सरकारले सहिद घोषणा गरेको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्