Shikhar Insurance
National Life

सेयरप्रो सेक्यूरिटीजद्वारा डि-म्याट खाता तथा मेरो सेयर सदस्यतामा शतप्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८० श्रावण २३, मंगलवार १८:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । सेयरप्रो सेक्यूरिटीज नेपालको उदीयमान सेयर दलाली सेवा प्रदान गर्ने कम्पनीले नयाँ ग्राहकहरुलाई लक्षित गरेर आकर्षक छुटका कार्यक्रमहरु सगौरव प्रस्तुत गरेको छ ।

सेयरप्रो सेक्यूरिटीज २०८० साल जेठ ९ गते धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरी मिति २०८० साल असार २८ गतेबाट धितोपत्र दलाली र निक्षेप सदस्यको सेवा प्रदान गर्र्र्दै आइरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ग्राहकहरुको सन्तुष्टि प्रतिको प्रतिबद्धता अन्तर्गत ग्राहकहरुलाई लक्षीत गरी कम्पनीले आजकै मितिबाट लागु हुने गरी प्रथम ३६५ जना नयाँ ग्राहकहरुलाई डिम्याट खाता तथा मेरो सेयर सदस्यतामा शतप्रतिशत छुटको योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत पहिलो ३६५ जना ग्राहकले निःशुल्क डिम्याट खाता तथा मेरो सेयर सदस्यता लिई कारोबार गर्न सक्नेछन् । धितोपत्र बजारमा रुची राख्ने जो कोहि व्यक्तिले यो योजनामा सहभागी भई लाभ लिने विश्वास कम्पनीले लिएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्