Shikhar Insurance
National Life

कृषिमन्त्री भुसाल भन्छन्ः पूर्व–पश्चिम नहर बनाऔं

सिंहदरबार संवाददाता
२०८० श्रावण २३, मंगलवार १८:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले सिँचाइ सुविधाका लागि पूर्व-पश्चिम नहर निर्माणको आवश्यकता औंल्याएका छन् । कृषियोग्य जमlन पर्याप्त हुँदाहुँदै पनि सिँचाइ असुविधाले एकतिहाइ जग्गा बाँझो रहेको उल्लेख गर्दै मन्त्री भुसालले पूर्व–पश्चिम नहर बनाएर कृषि क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बार्षिक समिक्षा गोष्ठीलाई सोमबार बोल्दै मन्त्री भुसालले भने, ‘कुल खेतीयोग्य जमिनको झण्डै एकतिहाइ जग्गा आज पनि बाँझो छ । पर्याप्त पानी नपर्दा तराई क्षेत्रका किसालले धान रोप्न पाएका छैनन् । रापेको खेतको धाँजा फाटेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

किसानले निधारमा हात राखेर पीडाबोध गरिरहेको दृश्य देखिन्छ । यो सबै सिँचाइ नहुँदा कृषिमा देखिएको समस्या हो । अब सिँचाइको सुविधाका लागि पूर्व–पश्चिम नहर निर्माण गर्नुको विकल्प छैन ।’

सिँचाइमा जोड दिँदै मन्त्री भुसालले थपे, ‘सिँचाइ सुविधा बिना केही गर्न सकिँदैन्, अब पूर्व-पश्चिम नहर बनाएर अगाडि जानुपर्छ । यस विषयमा मैले निरन्तर कुरा उठाइरहेको छु । देशका ठूला-ठूला नदीबाट तराई र पहाडको चुरो क्षेत्र हुँदै पूर्व-पश्चिम नहर बनाएर जान सके मात्र कृषिमा सोचेजस्तो परिवर्तन ल्याउन सकिन्छ ।’

देशको अर्थतन्त्रको मेरुदण्ड रहेको कृषि क्षेत्रको विकासको कुरा गर्ने तर सिँचाइको सुविधा पु¥याउन नसक्नु दुर्भाग्य भएको उनले बताए । साथै मन्त्री भुसालले चैते धानको उत्पादनमा जोड दिए । प्रमुख खाद्यान्न बाली धान रहेको हुँदा यसको विस्तारमा लाग्नुपर्नेमा उनको जोड थियो । भारतले चामल निर्यात रोकिसकेको भन्दै अब धानको उत्पादनलाई बढाउनुपर्ने र चैते धानको खेतीतर्फ किसानलाई आकिर्षत गर्नुपर्ने उनले बताए ।

विश्वमा खाद्यान्न संकट बढ्दै गएको प्रशंग निकाल्दै नेपालमा पर्याप्त खेतीयोग्य जमिन रहेको हुँदा खाद्यान्न संकट आइनपर्ने बताए। खाद्यान्न संकट आउन नदिन बाँझो जग्गाको उपायोग गरी सिँचाइमा लगानी लगाउनुपर्ने बताए । उत्पादन वृद्धिमा सँगसँगै बीउविजन र रासायनिक मल पनि रहेको बताएर जमिन, सिँचाइ, बीउ र रासायनिक मल हुँदा मात्र कृषिको उत्पादन बढ्ने उनको तर्क थियो ।

मन्त्री भुसालले बाँझो जमिनलाई उपयोग गर्नुपर्नेमा जोड दिए । जमिनको चक्लाबन्दी गर्नुपर्ने भन्दै मन्त्रायलले सामूहिक र करार खेतीलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्