Shikhar Insurance
National Life

स्काईवर्थ बीएम सिरिजका होम अप्लायन्सेस अब नेपालमा

सिंहदरबार संवाददाता
२०८० श्रावण २३, मंगलवार १७:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । केएल दुगड समूहअन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले वितरण गर्दै आएको होम एप्लायन्सेज ब्रान्ड स्काईवर्थले बीएमडब्लूसँग सहकार्य गरेको छ । जसअनुसार आफ्ना होम एप्लायन्सको सिरिज अन्तर्गत बीएम सिरिज नेपाली बजारमा उपलब्ध हुनेछन् ।

कार निर्माता बीएमडब्लुको डिजाइन सेन्टर र स्काईवर्थको सहकार्यमा डिजाइन गरिएका यी होम अप्लायन्सहरु विश्व बजारमा लोकप्रिय भैसकेका छन् भने नेपाली बजारमा पनि लोकप्रिय हुने विश्वास कम्पनीले लिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो सहकार्यपछि अब स्काईवर्थका अत्याधुनिक प्रविधियुक्त घरायसी उपकरणहरुमा बिएमडब्लुको आकर्षक डिजाइन हुने बताइएको छ । “बीएमडब्लूको यस सहकार्यलाई लिएर हामी अत्यन्तै उत्साहित छौं । बीएमडब्लूको डिजाइन एलेमेन्टहरु स्काईवर्थको घरायसी उपकरणमा प्रयोग हुनु भनेको समस्त होम अप्लायन्स उद्योगमै एउटा नयाँ कोसेढुंगा हो ।

हामीलाई आशा छ हाम्रा नेपाली ग्राहकहरुले यो सहकार्य मन पराउनुहुनेछ । अब घरायसी उपकरणहरु केवल काम सजिलो बनाउन मात्र नभई घरको आन्तरिक साज-सज्जाको पनि महत्वपूर्ण हिस्सा बन्न सक्छन् । वास्तवमा भन्नुपर्दा यो सहकार्य कला र प्रविधिको अनुपम संयोजन हो,”(कम्पनीको भनाइ छ ।

नयाँ बिएम सिरिजमार्फत कम्पनीले आफ्ना ग्राहकहरूलाई घरायसी उपकरणको सन्दर्भमा खास अनुभव प्रदान गराउने विश्वास लिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्