काठमाडाैं। सिटिजन्स क्यापिटल लिमिटेडको सामूहिक लगानी कोष योजनाअन्तर्गतको ‘सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’ नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएको छ ।
सिटिजन्स सुपर ३० म्युचुअल फन्डको ७ करोड ५० लाख ७२ हजार ३९० एकाइ नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले वैशाख ६ गतेदेखि सर्वसाधारणका लागि १० करोड एकाइ धितोपत्र बिक्री खुला गरेको थियो । त्यसमध्ये ७ करोड ५० लाख ७२ हजार ३९० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीको उक्त फण्डलाई दोस्रो बजार कारोबारको लागि (C3०MF) कारोबार संकेत प्रदान गरेको छ । उक्त संकेतमा भोलि बुधबारदेखि सिटिजन्स सुपर ३० म्युचुअल फन्डको एकाइ कारोबार गर्न सक्ने छन् ।
प्रतिक्रिया दिनुहोस्