काठमाडौं। सामसङ नेपालले सोमबारदेखि आफ्नो ५औं जेनेरेसनको ग्यालेक्सी फोल्डेबलहरुः ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को प्रि–अर्डर गर्न सकिने जानकारी दिएको छ ।
यो फोनबाट प्रयोगकर्ताहरुले स्लीक र कम्प्याक्ट डिजाइनहरु, अनगिन्ती अप्सन्स्हरु र शक्तिशाली पर्फरमेन्सका साथ उत्कृष्ट अनुभव पाउन सक्ने कम्पनीको भनाइ छ ।
नयाँ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को बजारमा अहिले बिक्री सुरु नभए पनि ग्राहकहरुले प्रि९अर्डर गर्न सक्ने र प्रि–अर्डरसँगै प्रि–गिफ्टहरु पनि प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ । ग्राहकहरुले यी उपकरणहरुको प्रि–अर्डर सामसङको आधिकारिक स्टोरहरुमा गइ गर्न सक्नेछन् ।
ग्यालेक्सी जेड फ्लिप ५ले सेल्फ एक्सप्रेसनको लागि निर्मित कुनै पकेट साइजको उपकरण मध्येबाट स्टाइलिस, उत्कृष्ट फोल्डबल अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ । ग्यालेक्सी जेड फ्लिप ५ तीन मिन्ट, लाभेण्डर र कालो गरी तीन रंगमा उपलब्ध रहेको छ भने यसको बजार मूल्य ८+२५६ जिबिको मोडलको लागि १ लाख ३९ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ । ग्राहकहरुले प्रि–अर्डरका २ वटा गिफ्टहरु २४ इन्चको सामसङ मोनिटर वा सामसङ ए७ लाइट एलटिइ(३३२ जीबी) मध्ये कुनै एक रोज्न सक्नेछन्, जसमध्ये २४ इन्चको सामसङ मोनिटरको लागि ५ हजार रूपैयाँ र सामसङ ए७ लाइट एलटिइको लागि २ हजार रूपैयाँ अतिरिक्त व्यहोर्नु पर्नेछ ।
यस्तै ग्यालेक्सी जेड फोल्ड ५ कालो र लाईट ब्लु रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । ग्यालेक्सी जेड फोल्ड ५,१२ जीबी मेमोरी सहितका २५६ जीबी र ५१२ जीबी भण्डारण क्षमता भएका छन् । ग्यालेक्सी जेड फोल्ड ५ (१२+२५६ जीबी) को मूल्य २ लाख २६ हजार ९ सय ९९ रूपैयाँ र ग्यालेक्सी जेड फोल्ड ५ (१२+५१२ जिबि) को मूल्य २ लाख ३९ हजार ९ सय ९९ रूपैयाँ कायम गरिएको छ । यसका साथै ग्यालेक्सी जेड फोल्ड ५ (१२+२५६ जीबी) को प्रि–अर्डरमा आकर्षक उपहारहरु पनि ग्राहकहरुले रोज्न सक्नेछन्, उदाहरणको लागि ग्राहकहरुले फोन कभरसँगै प्रि मेमोरी अपग्रेड गर्न वा ३ हजार र थपेर २४ इन्चको सामसङ मोनिटर वा ४० हजार रूपैयाँ थपेर ४७ एमएमको ग्यालेकसी वाच ६ क्लासिक प्राप्त गर्न सक्नेछन् ।
समग्रमा ग्राहकहरुले प्रि–अर्डर मार्फत् बढीमा २५ हजार रूपैयाँसम्मको लाभ लिन सक्नेछन् । साथसाथै नयाँ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ मा स्तरोन्ति गर्न वा किन्नका लागि उनीहरुले इन्स्टा फाइनान्स सुविधाको पनि प्रयोग गर्न सक्नेछन् । न्यूनतम इएमआइ प्रति महिना ७ हजार रूपैयाँका दरले शून्य प्रतिशत ब्याजमा सुरु हुने कम्पनीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्