Shikhar Insurance
National Life

सिटिजन लाइफद्वारा वैदेशिक रोजगारीमा गएका नेपालीलाई आइपीओ बाँडफाँट

सिंहदरबार संवाददाता
२०८० श्रावण २३, मंगलवार ११:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन लाइफ इन्सुरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरेको आइपीओ सोमबार बाँडफाँट भएको छ । यस आइपीओमा आवेदकहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० कित्तासम्म सेयर पाएका छन् ।

यसमा कुल २७ हजार ६३२ जनाले आवेदन दिएकामा ४ जनाको आवेदन रद्द भएको छ । रितपूर्वक आवेदन दिएका २७ हजार ६२८ जनाले नै सेयर पाएको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले जानकारी गराएको छ । १० देखि ४० कित्तासम्मको लागि आवेदन दिएका ७ हजार ८८५ जनाले माग अनुसार नै सेयर पाएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै, ५० कित्तादेखि २ हजार कित्तासम्मको लागि आवेदन दिएका १९ हजार ७४३ जनालाई ४० कित्ताका दरले सेयर बाँटफाँट गिरएको छ। यसरी बाँडफाँट गरिसकेपछि बाँकी रहेको सेयर ५० देखि २ हजार कित्तासम्मको लागि आवेदन दिएका आवेदकहरुमध्ये गालाप्रथामार्फत १८ हजार २९ जना जनालाई १० कित्ताका दरले थप सेयर दिइएको छ । अर्थात उनिहरुले कुल ५० कित्ता सेयर पाएका छन् । सिटिजन्सले असार ३१ देखि साउन १४ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँका दरले ११ लाख २५ हजार कित्ता आइपीओ बिक्री गरेको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्