Shikhar Insurance
National Life

धादिङको सिस्नेखोला-नागढुंगा सहायक सुरुङ ‘ब्रेक थ्रु’, लागत २२ अर्ब

सिंहदरबार संवाददाता
२०८० श्रावण २२, सोमबार १८:१२
Hyundai
NCELL
NIMB

काठमाडाैं। धादिङको सिस्नेखोला र काठमाडौंको नागढुंगा सुरुङ मार्गको सहायक सुरुङको सोमबार अपराह्न  ‘ब्रेक थ्रु’ भएको छ।

साे सुरुङकाे  ब्रेक थ्रु गर्दा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालगायत उपस्थित थिए। यो सुरुङको लम्बाइ २ हजार ५ सय ५७ मिटर छ। सुरुङ आपतकालीन अवस्थाका लागि प्रयोगमा आउनेछ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साे आयोजनाको मुख्य सुरुङ भने अब ५ सय  मिटर खन्न बाँकी छ। मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटर लामो हुनेछ। दसैंसम्म यो सुरुङ पनि ब्रेक थ्रु गर्ने गरी काम भइरहेको छ।

सुरुङ निर्माणको काम विसं २०७६ कात्तिक ४ देखि सुरू गरिएको थियो। सुरुङ निर्माणका लागि २२ अर्ब रुपैयाँ लाग्नेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्