Shikhar Insurance
National Life

मालपोत कार्यालय जुम्लाद्वारा १ करोड ८१ लाख राजस्व संकलन

सिंहदरबार संवाददाता
२०८० श्रावण २२, सोमबार १६:०५
Hyundai
NCELL
NIMB

जुम्ला । जुम्ला मालपोत कार्यालयले गत आर्थिक वर्ष २०७९/८० १ करोड ८१ लाख ५० हजार आठ सय ७८ रूपैयाँ राजस्व संकलन गरेको छ ।

कार्यालयले रजिस्ट्रेशन दस्तुरतर्फ ९२ लाख ९३ हजार ८ सय ५५ रूपैयाँ, जग्गा रोक्कातर्फ १८ लाख ७६ हजार ९ सय ८५ रूपैयाँ, पुँजीकर लाभकरतर्फ ६४ लाख छ हजार पाँच सय ९८ रूपैयाँ र विविध शीर्षक अन्तर्गत ५ लाख ७३ हजार चार सय ४० रूपैयाँ राजस्व संकलन गरेको कार्यालय प्रमुख नरेन्द्रबहादुर रोकायाले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राजीनामा, अंशबण्डा, बकसपत्र, रोक्कालगायतका शीर्षकबाट यहाँका सात गाउँपालिका र एक नगरपालिकाबाट ९ सय ६५ रजिस्ट्रेसन लिखत पारित भएको उनको भनाइ छ ।

आव २०७८/७९ र २०७९/८० मा लक्षित वर्गका लागि २२ लाख ६१ हजार २ सय ८१ रूपैयाँ राजस्व छुट गरिएको छ । नगरपालिकाका लागि २५ प्रतिशत र गाउँपालिकाका लक्षित वर्गलाई ५० प्रतिशत राजस्व छुटको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्