काठमाडौं । अनलाइन बस टिकटिङ सेवा प्रदायक बससेवा डटकम नवौं वार्षिक उत्सव पूरा गरी दशौं वर्षमा प्रवेश गरेको छ । बससेवा टुर्स एण्ड ट्राभल्स् अन्तगर्तत रहेर वि.सं. २०७१ साउन २१ गतेबाट आफ्नो सेवा सुरू गरेको बससेवा दशौं वर्षमा प्रवेश गरेको हो ।
यो अवधिमा बससेवा डटकमले नेपालभरका अधिकांश रूटहरूका साथै भारतको नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुरलगायतका सहरमा समेत सेवा दिँदै आएको छ ।
कम्पनीमार्फत हाल दैनिक ३ हजारभन्दा बढी यात्रुले सेवा लिँदै आएका छन् । यो बीचमा बससेवाले यात्रुहरूलाई बस कुर्न झञ्झट नहोस् भन्ने उदेश्यले काठमाडौंको ढुङ्गेअड्डामा प्यासेञ्जर लाउञ्जसमेत सञ्चालनमा ल्याएको छ । सोही लाउञ्जमा यात्रुहरूलाई वाइफाइ, खानेपानी लगायतका सुविधा छन् भने लाउञ्बाट सीधै बस चढ्न सकिन्छ ।
दशौं वर्ष प्रवेश गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले भने, ‘ बससेवा डटकमले यातायात क्षेत्रलाई प्रविधिसँग जोड्दै यात्रुहरूलाई अनलाइनमार्फत टिकट प्रदान गर्ने उद्देश्यले आफ्नो सेवा सुरू गरेको हो ।
हामीले यो बिचमा विभिन्न उतारचढाव बेहोर्नुपरे पनि आम यात्रु र यातायात व्यवसायीले देखाउनुभएको विश्वासप्रति म धन्यवाद दिन चाहन्छु । आगामी दिनमा हामीले हाम्रो सेवालाई थप प्रभावकारी बनाउँदै आम यात्रुलाई सहज हुनेगरी सेवा विस्तार गर्दै जानेछौं ।’
यसैबिच बससेवाले १० औं वर्ष प्रवेशका अवसरमा दशदिनसम्म हरेक दिन दशजनाले निःशुल्क यात्रा गर्न सक्ने अफर सार्वजनिक गरेको छ । हरेक दिन गोलाप्रथामार्फत १० जनालाई शतप्रतिशत क्यासब्याक प्रदान गरिनेछ । विजेताको नाम बससेवाको आधिकारिक फेसबुकपेजमार्फत सार्वजनिक गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्