Shikhar Insurance
National Life

देउरालीका अध्यक्ष चौलागाईंलाई मिटरब्याजीले दिए ज्यान मार्ने धम्की

सिंहदरबार संवाददाता
२०८० श्रावण २२, सोमबार ११:५५
Hyundai
NCELL
NIMB

काठमाडाैं । देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंले आफूलाई एउटा मिटरब्याजी समूहले ज्यान मार्ने धम्की दिएको बताएका छन् ।

चौलागाईंका अनुसार उनलाई न्युरोडका देविवास सहकारीका सञ्चालक वासु श्रेष्ठ, देवेन्द्र आचार्य, विक्रम बानियाँ र शैलेन्द्र शर्माको समूहले शनिबार साँझ ९८५११८२९३० बाट ९८४१२९७७५ मा देविवास सहकारीका सञ्चालक बासु श्रेष्ठले घमण्ड देखाउँदै सीआईबी र हनुमानढोका प्रहरीमार्फत आफूलाई उठाउने र गोली हानी हत्या गर्ने भनी धम्की दिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निज बासु श्रेष्ठलगायतका समूहलाई देउराली अध्यक्ष चौलागाईंले गत असार १२ गते ५ रोपनी जग्गा खाइ दिएको र नगद ३० करोड रकम मिटरब्याजमार्फत लिएको आरोपमा जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता गराएका थिए ।

सो मुद्दा कारबाहीका लागि अघि बढेपछि आफूलाई मार्ने धम्कीका साथै मार्नलाई विभिन्न समूहलाई सुपारीसमेत दिएको चौलागाईंको भनाइ छ । चौलागाईं भन्छन्, ‘मैले ललितपुर प्रहरी प्रशासनलाई खबर गरी धम्कीपूर्ण अभिव्यक्तिको अडियो बुझाएको छु । यदि आफू तलमाथि भए निज मिटरब्याजी समूह नै पर्ने उनले बताएका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्